औलो रोकथामका उपाय
औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो । चीन र भारतका थुप्रै प्राचीन साहित्यमा यसको उल्लेख भएको पाइन्छ । सन् २०२४ अप्रिल २५ मा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्दै विश्वभर औलो दिवस मनाइयो । नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्ने प्रयास गरिरहेको छ । औलोका औषधी स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार यदि कुनै स्थानमा लगातार तीन वर्षसम्म स्थानीय औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलो निर्मूल र स्थानीय र आयातित औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलोको उन्मूलन भएको मानिन्छ ।
गरिब राष्ट्रमा लगानी र सहयोग
समकालीन विश्व व्यवस्थाले गरिबी घटाउन सकेन । अहिले धेरै मुलुकले पुँजीवादी व्यवस्था अङ्गीकार गरेका छन् । केही थोरै मुलुक समाजवादी व्यवस्थामा र केही मुलुक राजतन्त्रवादी व्यवस्थामा छन् । व्यवस्था जे अङ्गीकार गरे पनि विश्वमा धनी झन् झन् धनी हुँदै जाने र गरिब झन् झन् गरिब हुने अवस्था अन्त्य भएन । यसले मानवताका लागि दिइएको समानता र स्वतन्त्रताको नारालाई चुनौती दिन थालेको छ । धनी र गरिबबिच बढ्दो खाडल पुर्न विश्वका धनी देश र धनी मानिसले गरिब देश र गरिब मानिसका लागि त्याग गर्नु पर्छ । गरिब राष्ट्रमा लगानी र सहयोग बढाउनु पर्छ । अहिलेको ढङ्गले धनी र गरिबबिच असमानता बढ्दै ग
गुठीलाई सबल बनाउने आधार
नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशका रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहर स्थापना, निर्माण र सञ्चालन/व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्य हुँदै आएका छन् । देवालय, शिवालयलगायतका धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्य राखी चलअचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात लिच्छविकालदेखि हुँदै आएको पाइन्छ ।
सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरु
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो ।
पछौटेपनभित्र लुकेको रहस्य
पूर्वीय दर्शनको दाबी छ– “श्रम गर फलको आस नगर” । यस भनाइले श्रमप्रति इमानदार र अनुसाशित हुन प्रेरित गर्छ । श्रम स्वस्थ जीवनको आधार हो । शारीरिक तथा मानसिक सुखको स्रोत हो । जीवनयापनको प्रमुख अस्त्र हो । समृद्धिको मूल हो । श्रमपछिको आनन्द, श्रमपछिको भोक, श्रमपछिको सुख र श्रमपछिको शान्ति यस धर्तीमा सायद नै मिल्छ होला । श्रम शारीरिक र मानसिक दुवै हुन्छ । कतिपय अवस्थामा शारीरि
श्रमिकमा नवउदारवादको प्रभाव
श्रमिकको ‘एकता, वीरता र सङ्घर्ष’ को प्रतीकको रूपमा मनाइने मे दिवसको ऐतिहासिक महत्व छ । श्रमिकको मर्यादित काम र मर्यादित जीवन यापनका लागि विभिन्न देशमा श्रमिकको हक अधिकारलाई सुनिश्चित गर्न संवैधानिक एवं कानुनी प्रबन्धहरू भएका छन् तर श्रम आन्दोलनको डेढ सय वर्षको इतिहासलाई हेर्दा अझै पनि श्रम शोषण जारी
ब्रह्माण्ड अध्ययन र हाम्रो सीमा
म आफूलाई खगोलविद् ठान्दिनँ र अन्य प्रकारको वैज्ञानिक पनि ठान्दिनँ । अहिलेसम्म म यस्तो ज्ञान प्राप्तिका लागि जिज्ञासु विद्यार्थी मात्र हुँ तर मैले ब्रह्माण्डका बारेमा जति अध्ययन गरेँ, त्यसबाट मलाई लागेको छ– यो हरेक व्यक्तिले अध्ययन गर्ने विषय हो । यसको अध्ययनबिना कुनै पनि व्यक्तिले मानवजातिको सही इतिहास बुझ्न सक्दैनन् । आफूलाई विज्ञ ठान्ने जो कोही पनि यसको अध्ययनबिना अधुरो हुने छ । मलाई लाग्छ, यसको अध्ययन हरेक विद्यालय र महाविद्यालयमा अनिवार्य गर्नु पर्छ । यसो गर्न स
आयोजना कार्यान्वयनका चुनौती
विकासका लागि कम रकम विनियोजन हुने र विनियोजित रकम पनि खर्च नहुने परिपाटीले विकासको अवसरलाई पर धकेलिरहेको छ । निजी लगानीलाई समेत प्रोत्साहित गर्ने पुँजीगत खर्च नहुनाले रोजगारी सिर्जना र आर्थिक विस्तारमा बाधा उत्पन्न गराएको छ । परियोजनाको कुल लागतको ३० प्रतिशत श्रम खर्च हुने अर्थशास्त्रीय मान्यताका आधारमा हेर्दा पनि पुँजीगत खर्च पर्याप्त नभएर हरेक वर्ष हजारौँ नेपालीले रोजगारीको अवसर गुमाइरहेका छन् । नेपालमा यतिखेर थप १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी पुँजीगत खर्च हुनु पर्छ । यसले कमजोर उत्पादकत्व र पुँजीको दक्ष प्रयोग हुन नसकेको देखा
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलो मात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ ।
नयाँ बजेट र फजुल खर्च कटौती
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि ११ वैशाखमा गोरखापत्रमा सूचना प्रकाशित गरेको छ । प्रदेश सरकारको सचिवसरहको सो पदका लागि यसअघि पहिलो पटक ८ माघ २०८० मा आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरिएको थियो । सङ्घीय सरकारको नक्कल गर्दै प्रदेश र स्थानीय सरकारले एकपछि अर्को यस्ता संरचना खडा गरेका छन् । यस्ता संरचनामा आफूखुसी पद सिर्जना गरी कार्यकर्ता भर्ती गर्न दलहरूबिच एक किसिमको राजनीतिक
मानसिक स्वास्थ्यमा चुनौती
स्वास्थ्य नै मानव जीवनको महत्वपूर्ण पाटो हो । स्वास्थ्यका आयाममध्ये मानसिक स्वास्थ्यको गहन भूमिका हुन्छ । मानवजीवनलाई मानसिक स्वास्थ्यले सार्थक बनाउँछ । मानवको मानसिक स्थितिले नै व्यक्तिगत–सामूहिक क्षमता बलियो बनाउँछ । समुदायमा योगदान गर्न पनि सिकाउँछ । यो व्यक्ति, परिवार र समाज कल्याणको आधार हो । मानसिक स्वास्थ्य सबै मानिसको आधारभूत मानव अधिकार हो । जहाँसुकै भए पनि सबैको मानसिक स्वास्थ्यको अन्तर्निहित अधिकार छ । यो उच्चतम र पर्याप्त स्तरको हुनु पर्छ । यसको अर्थ मानसिक रोगीले सबै उपलब्ध, योग्य, स्वीकार्य र राम्रो गुणस्तरयुक्त हेरचाहमा पहुँचको अधिकारबाट
शैक्षिक पाठ्यक्रमको स्वरूप
शिक्षण विधि कालक्रमिक रूपमा सुधार एवं विकास हुँदै जाने विधा हो । विश्वमा शिक्षण विधिको विकास आजभन्दा ३५०० बिसी पहिले भएको हो । उक्त समयदेखि वर्तमानसम्म आइपुग्दा शैक्षिक विधिले पाँच चरण पूरा गरिसकेको छ । जहाँसम्म शैक्षिक विधिको चरणबद्ध विकासको सवाल छ, ३५०० बिसी देखि ३०९ बिसीसम्म शिक्षक केन्द्रित, ३१० बिसीदेखि सन् १५९५ सम्म पुस्तक केन्द्रित, सन् १५९६ देखि १८३९ डिस्कार्ट लर्निङ (व्यावहारिक सिकाइ), सन् १८४० देखि १९१२ सम्म डिस्ट्या
डढेलोका असर
“भनिन्छ वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन ।’’ नेपालमा भने यतिखेर मन डढेको सामाजिक सञ्जालमार्फत छरपस्ट देख्न पाइन्छ तर वन डढेको त्यति देखिँदैन । डढेलो जङ्गलमा लागेको आगो हो । डढेलो वनमा एक क्षेत्रबाट सुरु भएर अनियन्त्रित रूपमा फैलिन्छ । डढेलो लागेपछि वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा जीव जनावर र समग्र पारिस्थितिक प्रणाली तथा जैविक विविधता आदि जस्ता पक्ष प्रभावित हुन्छन् । डढेलोबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बनमोनो
लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् ।
विदेशी लगानी सपना
विश्व अहिले आकाशतिर फर्किएका ‘स्काई क्रापर’ हरूको होडबाजीमा छ । सरकारले बनाउने यस्ता घर न्यून छन् । उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका लागि औद्योगिक र व्यापारिक स्थल, त्यसका लागि आवश्यक जनशक्तिको बासस्थानका लागि त्यस्ता घरले निजी क्षेत्रको लगानी आकाङ्क्षालाई एकत्रित गरिरहेका छन् । जहाँ लचिलो र सस्तो श्रम छ, जहाँ पूर्वाधार सहजता छ, यातायात खर्च वा लजिस्टिक लागत कम छ, बजार पहुँचसँगै शासकीय सहजता छ त्यहाँ लगानी थुप्रिने गरे
सिकाइमा आमूल परिवर्तन
यतिबेला मुलुकभरि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान–२०८१ चलिरहेको छ । वैशाख २ गतेदेखि २० गतेसम्मको विद्यार्थी भर्ना अभियानमा बालबालिकालाई विद्यालय पठाउन आह्वान गर्दै र कामको जिम्मेवारी निर्धारणसहित कार्ययोजनासमेत बनाइएको छ । विगतमा पनि यस्तै अभियानसहित तमाम कार्ययोजना, कार्यनीति र लक्ष्य निर्धारण गरिएका थिए । विगतदेखिका भर्ना अ
डिजिटल मुद्राको फाइदा र जोखिम
हालका वर्षमा विश्वभरका अधिकांश केन्द्रीय बैङ्कहरू केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) जारी, यसको फाइदा र जोखिम पहिचान गर्न दु्रतगतिमा अध्ययन, अनुसन्धान र अन्वेषणमा संलग्न छन् । विश्वका प्रमुख अर्थतन्त्रहरूले आफ्नै डिजिटल मुद्रा जारी गर्न खोजिरहेका छन् । साथै विकासशील र अल्पविकसित राष्ट्रका वित्तीय तथा मौद्रिक अधिकारीहरूले यसमा चासो बढाउँदै र सिबिडिसीलाई आधुनिक बैङ्किङ प्रणालीको विकासमा गेम चेन्जर हुने छ; जसले पैसाको नयाँ युगलाई मार्गद
मानव अधिकारको प्रतिविम्ब
राजनीति र मानव अधिकार दुई भिन्न विषय हुन् तर आपसी सहयात्री पनि । राजनीतिक विकासबिना मानव अधिकार विकासको कल्पना हुँदैन । मानव अधिकारको लेपनबिना राजनीतिको सौन्दर्य हुँदैन । राजनीतिक विकासले मानव अधिकारको विकास हुन्छ र मानव अधिकारको लेपनले राजनीति थप जिम्मेवार हुन्छ । राजनीतिमा मानव अधिकारको स्पर्श र मानव अधिकारमा राजनीतिको प्रभाव भिन्न हुनै सक्दैनन् एकआपसमा अन्तरसम्बन्धित छन् । राजनीतिक गतिविधिले मानव अधिकारको विकासमा टेवा पु¥याउँछ भने मानव अधिकारमाथि नकारात्मक प्रभाव पनि पार्छ । उन्नत राजनीतिक व्यवस्था मानिएको लोकतन्त्रलाई मानव अधिकारको मेरुदण्ड पनि भन्ने गरिन्छ । लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक पनि हुन् । लोकतन्त्र, विकास र मानव अधिका
कुम्भमेलाको जननी
‘ने’ नाम गरेका मुनिले पालन गरेको हुनाले यो देशको नाम नेपाल रहन गएको हो । त्रिकालदर्शी मुनिले पालन गरेको देश हरेक दृष्टिले उत्तम हुन्छ नै । त्यस्तै भगवान् यज्ञ वराहले हिरण्याक्षद्वारा पातालमा धसाइएकी पृथ्वीलाई उद्धार गरिसकेपछि वराह क्षेत्र धाममा आफू समाधिस्थ हुनुभएको हो । यिनै प्रमाणिक तथ्यका आधारमा हामीहरू नेपालका पवित्र स्थल पिण्डेश्वर चतराधामलाई कुम्भमेलाको जननी हो भनेर सहजै विश्वास गर्न सक्छौँ । यो एउटा अनुसन्धानको विषय पनि हो ।
चेतनाबाटै चित्त प्रकाशमान
हामी चेतनाका माध्यमबाट जीवनको गतिविधि अनुभव गर्छौं । चित्त चेतनाबाट प्रकाशमान हुन्छ । चित्त, बुद्धि र अहङ्कारको मुहान चेतना हो । चेतनाबाट चित्तको उत्पत्ति हुन्छ । चित्तबाट मन, बुद्धि र अहङ्कारको उत्पत्ति हुन्छ । चित्तमा तमोगुण, रजोगुण र सत्वगुण यी त्रिगुण हुन्छन् । यी तीनमध्ये एक सक्रिय र दुई निष्क्रिय हुन्छन् । तमोगुण सक्रिय भएको बेला सत्वगुण र रजोगुण निष्क्रिय हुन्छन् । रजोगुण सक्रिय भएको बेला तमोगुण र सत्वगुण निष्क्रिय हुन्छन् । सत्वगुण सक्रिय भएको बेला रजोगुण र तमोगुण निष्क्रिय हुन्छन् ।
उत्पादन प्रणाली, समाज र भाषा
भाषालाई संवाद वा सञ्चार माध्यमका रूपमा हेरिन्छ । अर्काको मनको भाव आफूले बुझ्ने र आफ्नो मनको भाव अरूलाई बुझाउने माध्यमका रूपमा यसलाई परिभाषित गरिन्छ । त्यति मात्रै होइन, यतिमै सीमित भएर आन्तरिक वा बाह्य भाषिक औपनिवेशीकरणलाई पनि वास्ता गरिँदैन । यसले कुनै पनि राज्यको शासक वर्ग– राष्ट्रको भाषा सकी नसकी सबैले पहिला सरकारी कामकाजका लागि र पछि शिक्षा, सञ्चारका साथै आमवाग्व्यापारको भाषाका रूपमा प्रयोग गर्ने बाध्यता सिर्जना हुन्छ । त्यसै गरी बाह्य औपनिवेशीकरणमा आव्रmमणकारी शासकको भाषा पनि यसरी नै उपनिवेशहरूमा फैलिने गर्दछन् ।
सिमकार्ड दुरुपयोगका असर
केही समयअघि कपनकी एक महिला आफ्नो बैङ्क खाताको रकम हराएको भन्दै नेपाल प्रहरीमा निवेदन लिएर गएकी थिइन् । घटना अध्ययन गर्दै जाँदा उनले चलाउने सिमकार्ड श्रीमान्का नाममा भएकाले उनले नै निकालेर आफ्नो खाताको रकम चोरी गरेको देखियो । खास गरी पछिलो समय दम्पतीको सम्बन्ध बिग्रिएको र पत्नीले पतिका नामको सिमकार्ड प्रयोग गर्दा यो घटना भएको देखिन्छ ।
कम्युनिस्ट आन्दोलनको औचित्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पुगेको छ । यो विसं २००६ वैशाख १० गते स्थापना भएको हो । पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए भने सदस्यमा निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ थिए । यो आन्तरिक रूपमा राणाहरूको निरङ्कुश पारिवारिक शासन लादिएको समयमा स्थापना गरिएको थियो । बाह्य रूपमा नेकपा स्थापना त्यस्तो बेला भएको थियो, जुन बेला संसारैभरि कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुगेको थियो । तत्कालीन सोभियत सङ्घ, पूर्वी युरोप र चीनलगायतका मुलुकमा समाजवादी क्रान्तिको लहर व्यापक भइरहेको थियो । ठिक यही पृष्ठभूमिमा नेपालमा नेकपाको स्थापना भएको थियो ।
विद्यालयको नाममा मौलिकता
यतिखेर मुलुकका अधिकांश संस्थागत एवं सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भइसक्यो । नयाँ शैक्षिक क्यालेन्डरको निर्माण, विद्यार्थी भर्ना अभियानदेखि भावी योजना तथा कार्यक्रमको तर्जुमा गरी विद्यालयले नयाँ शैक्षिक सत्र सुरु गरिसके । विशेष गरी निजी तथा संस्थागत विद्यालयमा यसको चाप बढी देखिन्छ । निजी विद्यालयले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने उद्देश्यले नयाँ नयाँ तौरतरिका अपनाइरहेका छन् । यसै क्रममा विभिन्न विद्यालयले आफ्नो विद्यालयको नाम अङ्ग्रेजी राखेर सञ्चालन गरिरहेका छन् । नियम विपरीत राखिएका यस्ता नामले मौलिक पहिचानमा धक्का पुगेको महसु