एक लाखभन्दा बढीले गरे पशुपतिनाथको दर्शन
आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार : राजदूत पौड्याल
क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ।
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता
बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको थियो ।
ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते
पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् ।
बहुउपयोगी हात्तीको संरक्षण अपरिहार्य
सुरक्षाका लागि सबैभन्दा महìवपूर्ण जनावर हात्ती भएकाले यसको संरक्षण अपरिहार्य बन्दै गएको छ । लोपोन्मुख वन्यजन्तुको संरक्ष
विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ
जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चुहावट घटाउँदा प्राधिकरणलाई बर्सेनि बाह्र अर्ब रुपियाँ आम्दानी
नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाउँदा वार्षिक १२ अर्ब रुपियाँ आम्दानी थपिएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट ५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।
पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमा बनाउन भारत सकारात्मक
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माण अनुदानमा बनाउन भारतीय पक्ष सकारात्मक रहेको छ । बिम्स्टेक सम्मेलनमा भाग लिन भारत गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा पेट्रोलियम पाइपलाइनका बारेमा छलफल गर्नुभयो । सो छलफलमा अनुदानमा पाइपलाइन परियोजना अगाडि बढाउन मन्त्री पुरी सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । भारतीय भ्रमणमा गएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भारतीय अनुदानमा अमलेखगन्ज–चितवन र सिलगढी–झापा पाइपलाइन तथा झापा भण्डारणगृह बनाउन भारतीय पक्ष सकारात्मक देखिएको बताउनुभयो ।
कागजात अध्ययन गर्न समिति गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्र सहायक श्रमिकका रूपमा नेपालबाट लैजान लागिएका श्रमिकको कागजात परीक्षणका लागि उच्चस्तरीय समिति गठन भएको छ । इजरायलमा केयर गिभरमा जानका लागि केही व्यक्तिले नक्कली कागजात पेस गरेको भन्ने उजुरी परेपछि श्रम मन्त्रालयका सहसचिव मेघराज रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च
सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।
प्रस्तावित राजदूतको नाम सुनुवाइका लागि पत्राचार
विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।
पूर्वमन्त्री र कलाकार जुवाखालबाट पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित नौ जनालाई नेपाल प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, टेलिशृङ्खला ‘सक्किगोनी’ का कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेको प्रहरीले जनाएको छ ।
मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त
हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो ।
प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
किम्ची फास्टफुडलाई दुई लाख जरिवाना : ‘इको’ व्राण्डको पानीमा किरा भेटियाे
सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।
भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।
हेटौँडा–रजैया राप्ती नदीमा र्याफ्टिङ
हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवम् समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ ।
युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।