बोलेरो दुर्घटनामा एकको मृत्यु
म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो ।
शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
कोकिनसहित दुईजना विदेशी पक्राउ
नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
'ट्राफिक लाइट' सञ्चालन नहुँदा सास्ती
पोखराको सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न गत वर्ष सडक विभागले पोखराका मुख्य चोकमा ट्राफिक लाइट राख्यो ।
‘जहाँको दुध बिक्री नै हुँदैन’
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ ।
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् ।
भेरी अस्पतालले घटायो सेवा शुल्क
भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।
माछा मार्न गएका युवकको मृत्यु
झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीवारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० बर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रममा मंगलबार बेलुकी ५ बजे उहाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण
भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना व्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ ।
९५ प्रतिशतभन्दा बढी बक्यौता विद्युत महसुल असुली
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।
विश्वविद्यालयको उपाध्यक्षमा आवेदन माग
बागमती प्रदेश सरकारले सञ्चालनको तयारी गरेको बागमती प्रदेश विश्वविद्यालयका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को सचिवालयले विश्वविद्यालयको उपाध्यक्षमा नियुक्तिको आवेदन माग गरेको हो ।
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध
पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध
जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।
‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’
यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो ।
मापदण्डविपरीत पसल सञ्चालन
गाउँपालिकाले वडा नम्बर १ हर्मिचौरमा गरेको बजार अनुगमनका क्रममा मापदण्डविपरीत खाद्य पसल सञ्चालन गरेको पाइएको हो ।
सर्प उद्धारमा नगर प्रहरी
धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रको रेखदेखसँगै सर्प उद्धारमा सक्रियता बढाएको छ । सर्प उद्धारसम्बन्धी गतवर्ष तालिम लिए पश्चात नगर प्रहरीले नगर क्षेत्रबाट सर्पको उद्धार गर्ने कार्यमा सक्रियता बढाएको हो ।
गुम्दामा आलु मेला हुँदै
उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मङ्गलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु मेला सञ्चालनमा आउने आलु मेला संयोजक मिनबहादुर सुनारले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोर अवरुद्ध
मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
एक लाख २० हजार डोज वीर्य उत्पादन
बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार बढी डोज वीर्य उत्पादन गरेको छ ।
मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण
जिल्लाको सन्धिखर्क नगरपालिका –७ मा रहेको मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण भएको छ ।
सङ्घीयताको अनुभूति गर्न नपाएको जनगुनासो
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरूले सङ्घीयताको अनुभूति पहुँचवालाले मात्र गर्न पाएको गुनासो गरेका छन् । प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मङ्गलबार आयोजित ‘बदलिँदो परिस्थितिमा नागरिक शिक्षा तथा लोकतन्त्र बहस’ कार्यक्रमका वक्ताहरूले संविधानमा त्रुटि भएका कारण सङ्घीयता अनुभूति शक्तिमा पहुँच भएकाले मात्र गर्न पाएको गुनासो गरेका हुन् । कार्यक्रमका वक्ताहरूले संविधानमा भएका त्रुटिलाई सच्याउन संविधान संशोधन हुनुपर्ने माग राख्दै सङ्घीयतालाई पूर्णता दिनुपर्ने जोड दिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
मुक्तिनाथस्थित चरण क्षेत्रमा च्याङ्ग्रा
म्याग्दी (दरबाङ), साउन ३० गते । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथस्थित चरण क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । तस्बिर : साधन घर्ती