स्वास्थ्य रहन आहार बिहारमा विशेष ख्याल गरौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य रहन आहार विहारमा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ।
एनआरएनए मलेसियाले एन्फाका पहिरो पीडित खेलाडी परिवारलाई सहयोग गर्ने
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
देशका विभिन्न भागमा भएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी सरकारले ५० लाख रुपियाँ सहयोग गर्ने भएको छ।
फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका
अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।
स्वास्थ्य सेवाका सूचक पालना गरेको आधारमा जलेश्वर नगरपालिका प्रथम
स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान तथा स्वास्थ्य क्षेत्रका सेवाका सूचकहरुहरुको पालनाको आधारमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकालाई प्रथम घोषणा गरिएको छ ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इडब्लुभिएल : काठमाडौँको रोमाञ्चक जित
काठमाडौँ स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा रोमाञ्चक जित निकालेको छ ।
फिक्कल–नयाँबजार सहितका ग्रामीण सडक अवरुद्ध
इलामको फिक्कलबाट नयाँ बजार जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटेदेखि जोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
दशरथ रङ्गशालामा एसिया रग्बी
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।
दसैँ अगाडि बिपी राजमार्ग सञ्चालन कठिन : भौतिक मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो
मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।
हट्यो सात सय ७४ स्थानको पहिरो : यी हुन् खुल्न बाँकी मुख्य राजमार्ग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।
शक्तिपीठमा पूजा आराधना गर्न भक्तजनको घुइँचो
वडा दसैँको पहिलो दिन मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, बौद्धीमाइ मन्दिर, अमरखाना माई मन्दिरसहितको शक्तिपीठमा हिन्दु परम्पराअनुसार घटस्थापनाका दिन देवी देवताको पूजा आराधना गर्नेको भीड लागेको छ ।
मालपोतका हाकिमले किस्तामा घुस लिएको गुनासो
जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ ।
अध्यक्ष यादव चिली प्रस्थान
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गर्नुभएको छ ।
करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, सातको मृत्यु
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
घाइते उपचारबाट वञ्चित हुँदैनन् : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ।
भीमथाङमा ५० हजार लिटरको रिचार्ज पोखरी निर्माण गर्दै नासोँ गाउँपालिका
मनाङको नासोँ गाउँपालिका-६ स्थित भीमथाङ तथा पोङ्कर ताल परिसरमा ‘रिचार्ज’ पोखरी निर्माण गरिने भएको छ । गाउँपालिकाले उक्त स्थानमा रिचार्ज पोखरी निर्माण गरी ३० घरलाई पानीको समस्याबाट मुक्त पार्ने लक्ष्य लिएको छ ।
डुबेर प्रजाको मृत्यु
पश्चिम मकवानपुरको मनहरी –६, प्रतापपुरमा घर नजिकैको कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । १८ महिनाको बालक सामुयल प्रजाको पानीमा डुबेर मृत्यु भएको हो ।
पाँचथरमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो, तीन बेपत्ता
पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको सङ्ख्या आठ पुगेको हो।
कृष्णभीरमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको छ । लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
भाजंगल खोल्सामा महर्जन बेपत्ता
कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता हुनुभएको छ । हराइरहेका उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
बाढीले पुल बगाउँदा पढाइ ठप्प
गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ ।