महिलाले बेचे एक करोडका खसीबोका
नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दसैँलक्षित धमाधम खसीबोका बिक्री गरिरहेको छ ।
कर्णालीको स्याउ बजारमा आएपछि विदेशी स्याउ विस्थापित
स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री बन्द भएको हो ।
महिला प्रतिनिधित्व ४० प्रतिशत पुर्याउने लक्ष्य
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र महिला आयोगका आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत भएका छन् ।
चारवर्षे कार्ययोजना ल्याउँदै लगानी बोर्ड, ‘टालटुल गरेर चल्दैन’
लगानी बोर्डको आगामी चारवर्षे रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
गौशाला धर्मशाला अब महानगरपालिकामा
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको छ ।
हवाई यात्रा गन्तव्य र उडान थप
काठमाडौँ उपत्यकाबाट चाडबाडमा घर फर्किने यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् ।
सडकबाट बाहिरिँदै १० लाख यात्रु
चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।
मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।
एनसेल फाउन्डेसनद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण
एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।
अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना
दसैं जस्तो ठुलो चाडपर्व शुरु भइसकेको बेला नेपालगन्जमा अखाद्य, गुणस्तरहीन र खान अयोग्य मासु, माछा तथा मिठाई बिक्री गर्ने व्यवसायीहरुलाई धमाधम कारवाही गर्न थालिएको छ ।
दैलेखमा गाडी दुर्घटना, एकजनाको निधन
चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताउनुभएको छ।
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ।
महानगरपालिका कार्यपालिका बैठक : गौशाला सञ्चालन व्यवस्थापन गर्ने निर्णय
पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका लगाइदिने समय सार्वजनिक
राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ।
भेरी अस्पतालमा एमडी र एमएस पढाइका लागि २८ जनाको कोटा निर्धारण
आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ।
सशस्त्र प्रहरीद्वारा टिपतालाको निरीक्षण
ताप्लेजुङको ओलाङ्चुङगोलास्थित सशस्त्र प्रहरी बल बीओपी (बोर्डर पोष्ट आउट) को टोलीले टिपतालाको निरीक्षण गरेको छ। बीओपीको टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत नेपालको सिमाना टिपतालाको निरीक्षण गरेको हो।
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।
नारायणघाट–बुटवल सडक : यात्रुलाई सास्ती (फोटो फिचर)
समयमै बाटो विस्तार गर्न नसकेको ठेकेदार कम्पनीले बाटो मर्मतसमेत नगर्दा दसैँको बेलामा नारायणघाट–बुटवल सडकखण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ।
यस्ता छन् सरकारले खुला गरेका ५७ वटा हिमाल
मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दीक्षित
मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाइ, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दीक्षित भएका छन् ।
महिला साफ च्याम्पियनसिपको तयारी पूरा
नेपालमा कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुन लागेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ।
बलि चढाउने बोकाको मनोमानी मूल्य
दसैँमा देवी दुर्गाको मन्दिरमा बोकाको बली दिन बोका खरिद गर्ने भक्तजन(उपभोक्ताहरू) मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।