भारत दियो दशवटा ‘स्टिल ब्रिज’का पार्टपुर्जा
भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एउटै पालिकाबाट एक करोडको खसीबोका बिक्री
यो वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले
हनुमानढोकामा फूलपाती भित्र्याइँदै
नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदै छ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँघरमा भित्र्याउ
त्रिशूलको माग बढ्यो, आरन खाली
दसैँको चहलपहलसँगै विभिन्न मठमन्दिरमा त्रिशुल, घन्ट, धामी झाँक्रीले लगाउने चाँदीका बाला र भगवतीका शक्तिपीठमा राँगा÷बोकाको बलि दिने खुँडाको माग बढे पनि जिल्लाका अधिकांश आरन खाली छन् । आरनमा फलाम पिट्ने कालिगड छैनन् । आरनको सिप भएका अधिकांश दलित रोजगारी खोज्न भारत पलायन भएपछि गाउँमा अचेल कालिगड भेटाउन मुस्किल परेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग १५ बुँदे जानकारी माग
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सञ्चालक समितिका निर्णय तथा ठेक्कापट्टालगायतका १५ विभिन्न बुँदामा जानकारी माग गरेको छ ।
खोकनामा मनाइँदै सिकाली जात्रा
दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रूपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिव्रmमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।
बिपीमार्गको विकल्प हुन्छ ‘महाभारत पर्यटनमार्ग’
असोज दोस्रो साता आएको बाढीपहिरोले बिपी राजमार्गसहितका तराई र भित्री मधेशलाई काठमाडौँसँग जोड्ने सडक सञ्जालहरू टुटेर सडक सम्पर्कविहीन भएसँगै बिपीमार्गको विकल्पमा महाभारत पर्यटनमार्ग बनाउन माग गरिएको छ ।
नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस्
राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिँदै उहाँले बडादसैँले स
दोहोरो नागरिकताबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उहाँले दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभएको हो ।
गौशाला धर्मशालामा महानगरको बोर्ड
पशुपतिनाथको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले साइन बोर्ड लगाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णय र असोज २२ गते कोष र काठमाडौँ महानगरपालिकाबिच भएको सहमति अनुसार पशुपति गौशाला धर्मशाला सञ्चालक तथा व्यवस्थापन प्रव्रिmया अघि बढाइएको हो । मारवाडी सेवा समितिले २०६० मा
बाली जोगाउन बारीमै बास
बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका धेरै सदस्य हुनेलाई त पालैपालो
गुन्द्रुकदेखि मोबाइलसम्म हुलाकबाट
कुनै समय सञ्चारको सबैभन्दा महŒवपूर्ण माध्यमका रूपमा रहेको हुलाक प्रविधिको विकाससँगै कामविहीन बनेपछि पार्सल तथा अन्य सामग्री सुपथ मूल्यमा ढुवानी गर्न थालेको छ । २० वर्षअघिसम्म निकै महत्त्व भएको हुलाक र हुलाकीको जिम्मेवारी र दायित्वमा अहिले परिवर्तन आएको छ । आधुनिक प्रविधिको विकासले सञ्चारका लागि अन्य सामाजिक सञ्जाल तथा फोनको प्रयोग बढ्न थालेपछि हुलाकले दिने सेवामा परिवर्तन आएको हो ।
गाजा युद्धबारे छलफल गर्न हमास र फतहबिच भेटवार्ता
हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ ।
भिमफेदीमा सवारी दुर्घटना : छजना गम्भीर घाइते
मकवानपुरको भैंसे–भिमफेदी सडक खण्डको भिमफेदी–४ गोल्पिङमा बुधवार साँझ सवारी दुर्घटना हुँदा छजना गम्भीर घाइते भएका छन ।
झिलिमिली दुर्गा मन्दिर
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका(१ मा दुर्गा पूजाको लागि बिजुली बत्तीले झिलिमिली सजाइएको दुर्गा मन्दिर
चीनले सन् २०३० सम्ममा विश्वव्यापी नवीकरणीय विस्तारमा ६० प्रतिशत योगदान दिने
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) द्वारा प्रकाशित नवीकरणीय ऊर्जा सन् २०२४ प्रतिवेदनअनुसार चीनले सन् २०३० सम्ममा विश्वव्यापी क्षमता विस्तारको ६० प्रतिशत हिस्सा ओगट्ने तयारी गरेको छ ।
दशैं बिदामा पनि प्रेस काउन्सिलको नियमन
प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाइ हुने जानकारी गराएको हो ।
यात्रुबाहक बस दुर्घटनामा ४२ जना घाइते
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा भएको यात्रुबाहक बस दुर्घटनामा परी ४२ जना घाइते भएका छन् ।
‘सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज उद्घाटन गर्नुभएको छ ।
दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्रहरी र कैदीको आँखा परीक्षण
विश्व दृष्टि दिवस तथा ६९ औँ प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदी र प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको छ ।
कुम्भकर्ण हिमाल आरोहणका क्रममा अमेरिकी नागरिक बेपत्ता
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कुम्भकर्ण (जन्नु) हिमाल आरोहणका क्रममा एक विदेशी (अमेरिका) बेपत्ता हुनुभएको छ।
चरेस बोक्ने भरियाका रूपमा महिलाको प्रयोग
पश्चिम नेपालका विभिन्न पहाडी जिल्लाका गरिब र विपन्न महिलालाई लागुऔषध चरेस भारत पुर्याउने भरियाका रूपमा प्रयोग गर्दै आएको पाइएको छ।