डाँडैपिच्छे दर्शनटुप्पो
धनकुटाको पर्यटकीय नगरी भेडेटारदेखि चौबिसेको जेफालेसम्म चारवटा भ्यु टावर (दर्शनटुप्पो) निर्माण भएका छन्। भेडेटारदेखि जेफालेसम्मको दूरी करिब २० किलोमिटर मात्र छ। यो २० किलोमिटरको दूरीमा करिब पाँच/पाँच किलोमिटरको अन्तरमा एउटा भ्यु टावर देख्न पाइन्छ। यी चारमध्ये तीनवटा त साँगरीगढी गाउँपालिकामै छन्।
नमुना मतदानमा निर्वाचनको झल्को
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी इलामका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय इलामले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान सम्पन्न गरेको हो।
बी.पी. प्रतिष्ठानको डेपुटी निर्देशकमा जयसवाल र लिम्बु
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा डा. लोकेशशेखर जयसवाल र डा. इन्द्र लिम्बुलाई नियुक्त गर्नुभएको छ ।
हात्तीको समस्या समाधान गर्ने प्रतिबद्धता
नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री अग्नि खरेलले झापाको क्षेत्र १ को प्रमुख समस्या नै हात्तीको आतङ्क रहेकाले सो समस्याको स्थायी समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आचारसंहिताविपरीत प्रचार गरेकोमा उजुरी
आगामी निर्वाचनका लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै इलाममा १५ वटा उजुरी परेका छन्। निर्वाचन अनुगमन अधिकृत भूमिराज भुसालले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रचार गरेको तथा प्रतिक्रिया गरेकोमा छवटा, निर्वाचनमा प्रभाव पार्ने तथा धार्मिक सहिष्णुता खलल गर्ने गरी प्रचार–प्रसार तथा प्रकाशन गरेकोमा तीनवटा सञ्चारमाध्यमविरुद्ध उजुरी परेको जानकारी दिनुभयो।
विकासकै मुद्दा प्राथमिकतामा
पाँचथर जिल्लामा सुरु भएर अधुरो रहेका योजना पूरा गर्ने वचन दिँदै प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका छन्। लामो समयसम्म पूरा नभएका योजना पाँच वर्षभित्र पूरा गर्ने भन्दै उम्मेदवारहरूले विकासकै मुद्दालाई चुनावी एजेन्डा बनाएका हुन्।
निर्वाचन सुरक्षाका लागि सीमा क्षेत्र अनुगमन
मोरङमा स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रको अनुगमन सुरु गरेको छ। निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमा क्षेत्र अनुगमन गरेको हो।
दुई जिल्ला जोड्ने योजना प्रभावित
पूर्वी पहाडका दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यसहित निर्माण थालिएको पुल निर्माण व्यवसायीको लापरबाहीले अझै सम्पन्न भएको छैन । पाँचथर र तेह«थुमको सीमावर्ती तमोर नदीस्थित लुमु घाटमा ११ वर्षअगाडि पुल निर्माण सुरु भएको थियो।
सङ्खुवासभामा मतदाता शिक्षा कार्यक्रम सुरु
सङ्खुवासभाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सवै स्थानीय तहमा विभिन्न चरणमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।
रवि लामिछाने नेतृत्वको पार्टीका नेताहरुद्वारा पार्टी परित्याग
वि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेताहरुले मंगलबार धरानमा पत्रकार सम्मेलनगरी पार्टी परित्यात गरेको घोषणा गरेका हुन् ।
देशको समृद्धि नै मुख्य मुद्दा : नेता सिटौला
नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ।
मत माग्न जनताको घरघरमा जानुहोस् : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मत माग्न जनताको घरघरमा जान नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
कोदो खेतीतर्फ आकर्षित बन्दै किसान
ताप्लेजुङका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोबाट फाइदा नहुने भन्दै खेती गर्न छोडिँदै गएकोमा पछिल्लो समय यसको खेतीतर्फ किसान आकर्षित हुँदै गएका हुन् ।
उम्मेदवारका एजेन्डा कृषि र शिक्षा
प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले आफूहरूको एजेन्डा कृषि र शिक्षा रहेको बतााएका छन्। कृषि क्षेत्रमा आबद्ध भएका किसानलाई राहतदेखि अनुदानसम्म र मलदेखि कृषिमा आधुनिकीकरण तथा यन्त्रीकरणसम्मको एजेन्डा लिएर मत माग्न जाने उम्मेदवारले बताएका छन्। आफूहरूको प्राथमिकतामा कृषि र शिक्षा भए पनि समग्र विकास, समृद्धि र सुशासन पनि आफ्नो प्रतिबद्धतापत्रमा राखेको बताएका छन्।
‘आमाको हार’ अर्थात अमाडब्लम हिमाल
विश्वकै सुन्दर हिमालमध्ये अमाडब्लम हिमाल
घुम्ती शिविरबाट महाकुलुङवासी लाभान्वित
सोलुखुम्बुको दुर्गममा पर्ने महाकुलुङ गाउँपालिका –३ का सप्तसिङ कुलुङले आफ्नो छोराको जन्मदर्ता काठमाडौंमा बनाउन पाएपछि खुसी हुँदै भन्नुभयो, “यही कामको लागि मात्र गाउँमा जानु परेको भए धेरै खर्च लाग्थ्यो, समय निकाल्न कठिन हुन्थ्यो । तर गाउँपालिकाले हामी बसेकै ठाउँमा सेवा प्रवाह गर्दा धेरै सहज भयो ।”
डेढ करोड बढीको सम्पत्ति जलेर नष्ट
उदयपुरको त्रियुगा नगरपालिका –७ चुहाडे चोकमा रहेको एक व्यापारिक भवनमा आइतबार राति आगलागी हुँदा एक करोड ५० लाख रुपियाँ बढीको धनमाल जलेर खरानी भएको छ ।
सामाजिक सुरक्षा भत्ता समयसापेक्ष बढाउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष बढाउँदै लैजाने र पाको उमेरमा अरुको भर नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । गर्न सकुन्जेल अरुको आशा गर्न नहुने र नसकेका दिन भरथेग हुने किसिमको दायित्व राज्यले लिने उहाँले बताउनुभयो ।
अलैँची थन्क्याउन भ्याइनभ्याइ
दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ । लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ ।
इलाममा खनाल र बस्नेतबीच कडा प्रतिस्पर्धा
उम्मेदवार मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्। इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा हुनुहुन्छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्।
एक कार्यालयमा दुई हाकिम
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको प्रादेशिक निकायका रूपमा रहेको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुई जना कार्यालय प्रमुख भएपछि समस्या उत्पन्न भएको छ। प्रदेश नम्बर १ मा राजस्व चुहावट तथा नियन्त्रणसम्बन्धी काम गर्दै आएको राजस्व अनुसन्धान कार्यालयमा दुई जना प्रमुख भएपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयमा विवाद देखिएको हो।
सयपत्री फूलबाट लाखौँ रुपियाँ आम्दानी
सयपत्री फूलबाट धनकुटाका किसानले लाखौँको आम्दानी गर्नुभएको छ । धनकुटा नगरपालिका ५ स्थित कर्मिटारमा बसोबास गर्दै आउनुभएका गोविन्द श्रेष्ठले सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्नुभएको छ ।
‘चासोक तङ्नाम’ सुरु
पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन्। नयाँ धान कोदो पाक्न थालेसँगै लिम्बू जातिको घर-घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ।