‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा लुक्ला
आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।
उम्मेदवारसँग मतदाताको अपेक्षा ठूलो
हरेक निर्वाचनमा मतदाता र उम्मेदवार प्रायः हुने संवाद यिनै हुन्। मतदाता उम्मेदवारसँग ठूलो अपेक्षा राख्छन् र उम्मेदवारले निर्वाचन जित्नकै लागि ती माग पूरा गरिदिने भनी तत्कालै मौखिक प्रतिबद्धता व्यक्त गर्छन्। अर्काे निर्वाचन आइसक्दा गाउँका समस्या जस्ताको तस्तै रहन्छन् र उम्मेदवारसँग मतदाताको अपेक्षा पनि उही रहन्छ। उम्मेदवारले विधायिकी निर्वाचन हो भनी मतदातालाई बुझाउन चाहँदैनन्। निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। मतदातालाई सांसद भनेको नीति नियम निर्माता हुन्, सडक–पुल निर्माण गरिदिने माध्यम होइनन् भन्ने थाहा छैन।
अवैध संरचना भत्काउँदै झापाको कनकाई नगर
लीलाराज झापालीविर्तामोड, कार्तिक २० गते। कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले ३५ दिने सूचना निकालेर कनकाई नगरपालिका -३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि बाटोको साइटमा बनेका घर डोजर लगाएर भत्काइएको हो। नगरपालिकाले दुई वर्षसम्म हटाउन ताकेता गर्दा पनि नहटाएपछि आफूहरूले बाध्य भएर डोजर लगाएर घर भत्काउनु परेको प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो।घर भत्काउँदा घरमा रहेका बैङ्क तथा व्यावसायिक पसल र बैङ्कको एटिएम मेसिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो। यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुन्जेलसम्म जारी रहने नगरप्रमुख पोखरेलले बताउनुभयो। यसअगाडि सडकमा परेका घर भत्काउन नगरपालिकाले सूचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केही दिन काममा ढिलाइ भएको नगरपालिकाको भनाइ छ। सडकमा पर्ने घर नहटाउँदा सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत अलपत्र परेको थियो। निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यवसायीले विरोध गरेका छन्। यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताउनुभयो छ। नगरपालिकाले घर भत्काउँदा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् ।
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
कांग्रेस–माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
निर्वाचनमा प्रेसको भूमिका महत्वपूर्ण हुन्छ : कार्की
सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
सुजाता र ऋषिकेशबीच चुनावी प्रतिस्पर्धा
निर्वाचनको मिति नजिकिएसँगै मोरङ – २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ ।
पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।
भालुको आक्रमणबाट युवक गम्भीर घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते हुनुभएको छ । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते हुनुभएको हो ।
अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घरघरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । गाउँपालिकाले ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
पहिलेका सहकर्मी अहिले प्रतिस्पर्धी
प्रदेश सभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश सभा (क)को चुनावी माहोल रोचक बन्दै गएको छ। यहाँका मुख्य प्रतिस्पर्धी हिजो एउटै पार्टीमा रहेका नेताहरू हुनुहुन्छ। यहाँबाट प्रदेश सभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी र सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगु उम्मेद्वार बन्नुभएको छ।
गाउँमा छैन चुनावी रौनक
धनकुटा नगरपालिका वडा नम्बर ७ टोड्के गाउँका टेकबहादुर विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन। अघिल्ला निर्वाचनमा उत्साहको साथ निर्वाचनमा लाग्नुभएका उहाँलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन। विकलाईमात्र हैन, टोड्के गाउँका अन्य मतदातालाई पनि उस्तै छ।
नेता नेपाल र गुप्ताबीच चुनावमा पुनः प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।
ओखलढुङ्गामा नमुना मतदान
ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।
देउसीभैलो खेलेर सय जनाको स्वास्थ्य बीमा
तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सय जनाको स्वास्थ्य बीमा गरिनेभएको छ । सुनकोशी गाउँपालिका –१ बलखु आम्बोटका सय जनाको स्वास्थ्य बीमा गरिनेभएको हो ।
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका ६१ वर्षीय रामबहादुरलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
खोटाङमा कडा प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधि सभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।
घन्काउन थालियो ‘डीजे’
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्।
प्रहरी हिरासतको अनुगमन
राधा लुइटेल फिदिम, १८ कात्तिक । महान्यायाधिवक्ताकाे कार्यालयबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासत र अपराध अनुसन्धान कक्ष अनुगमन गरेको छ।शुक्रबार सहन्यायाधीवक्ता शम्भु कार्की र उपसहन्याधिवक्ता सविता सर्माको टोलीले हिरासत र अपराध अनुसन्धान कक्षको अनुगमन गरेको हो।अनुगमनका क्रममा हिरासत राखिएका थुनुवाको मानवअधिकार अवस्था, प्रहरीले गर्ने व्यवहार, खाने बस्ने व्यवस्थापनसहित आधारभूत आवश्यकताको निरीक्षण निरीक्षण गरेको हो। हिरासतको अवस्था सन्तोषजनक पाइएको सहन्यायधिवक्ता कार्कीले जानकारी दिनुभयो। अनुगमन र निरीक्षण पश्चात् अपराध अनुसन्धान र जिल्लामा शान्ति सुरक्षाको अवस्था विषयमा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।
निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ । निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार गठन हुने उहाँको भनाइ छ ।
शान्ति अहिंसाको कामना गर्दै मौन व्रत
शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् ।
औद्योगिक जनशक्ति उत्पादनको थालनी
मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत मोरङको बूढीगङ्गा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजनाअनुरूप स्कल अफ इन्जिनियरतर्फ बीई इन सिभिल र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो।
धानखेतका कारण पूर्वी पहाड बन्यो सुनौलो (फोटो फिचर)
पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् ।