कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।
भीर मौरीको महको माग बढ्यो
पछिल्लो समय भीर मौरीको महको माग बढ्न थालेको छ। ताप्लेजुङका स्थानीय व्यवसायीका अनुसार विगतमा भन्दा अहिले भीर मौरीको महको माग बढ्न थालेको हो।
अधिवक्तालाई अभिमुखीकरण
नेपाल कानुन व्यवसायी परिषद्को ३१ औँ तहको अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका अधिवक्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
प्रहरीले बैङ्किङ कसुरमा फरार प्रतिवादी ३६ वर्षीय आशा चौधरी लिम्बुलाई पक्राउ गरेको छ।
गृहमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको शिष्टाचार भेट
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सार्वजनिक गरेको छ ।
सालनालसहित नवजात शिशुको शव फेला
पश्चिम मकवानपुरको मनहरीमा मङ्गलबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सञ्चालनमा आयो नेपालगन्जको पौडी पोखरी
गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरूको जनजीवन प्रभावित हुने गर्दछ । नेपालगन्जमा गर्मी बढ्न सुरु भएसँगै सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी सञ्चालनमा आएको छ ।
प्रमुख हमालकी छोरी गोवाबाट सम्पर्कविहीन
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको छ ।
बर्दिबासमा दुर्घटनामा परेर दुई जनाको मृत्यु
महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
ख्यालख्यालैमा पुलबाट हामफाल्दा
कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानी कर्णालीको पुलमा जोखिमपूर्ण कार्य हुन थालेपछि सुरक्षाको आवश्यकता महशुस गर्न थालिएको छ ।
मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै
सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिएन कप संयुक्त छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले मङ्गलबार (आज राति) बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
मालढुङ्गा–बेनी सडक
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको लस्ति–फर्से खण्डमा कालोपत्रेको तयारी गरिएको सडक र आसपासका क्षेत्रमा गरिएको तरकारी खेती ।
आयरल्यान्डलाई नेपालले दियो १९९ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई एक सय ९९ रनको लक्ष्य दिएको छ ।
‘बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिनुहोस्’
मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुग्नुभएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई स्थानीयवासीले बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिन आग्रह गरेका छन् ।
बिरामी हिमाली गिद्धको उद्धार
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।
हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता
बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ ।
९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा
इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।
जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा
मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ ।
नेपाल आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै
आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ ।
नेपाल लगानीको प्राथमिकतामा छ : एआइआइबी
एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
ज्यान जोखिममा राखेर असुरक्षित गर्भपतन
केही महिनाअघि रामेछापकाी सान्नानी श्रेष्ठ (नाम परिवर्तन) अनिच्छामै गर्भवती भइन् । दुई वटा सन्तानकी आमा भइसक्नुभएकी उहाँले तेस्रो सन्तान जन्माउने इच्छा नभएपछि श्रीमानको समेत सल्लाहमा गर्भपतन गराउने निर्णय गरिन् ।