नेपाल म्यानमारसँग पराजित
मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
सुनकोशीमा वेपत्ता सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।
‘खप्तडलाई पर्यावरणमैत्री पर्यटकीय र आध्यात्मिक केन्द्र बनाउँछौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई सुदूरपश्चिमका लागि मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै खप्तड विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको चर्चा गर्नुभयो ।
सप्तरीका वडाअध्यक्ष ५० हजार घुससहित नियन्त्रणमा
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।
मुगुका तत्कालीन नगर प्रमुखसहित नौ जनाविरुद्व २२ लाख ३६ हजार भ्रष्टाचार गरेको आरोप
छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको छ ।
दुई सय आठ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण
काठमाडौं महानगरपालिकाले अन्तर्गतका दुई सय आठ विद्यालयले छात्रवृत्ति वितरणको विवरण बुझाएको जनाएको छ ।
बजार नपाएपछि तरकारी खेतीमा गाईवस्तु चराउँदै किसान
तुलसीपुर उपमहानगरपालिका –११ मोतीपुरका किसानले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानले करिब सात बिघा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानले गाईवस्तु चराउन थालेका हुन् ।
चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन
चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।
पृथ्वीराजमार्ग विस्तारको काम सुस्त
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा सो सडक विस्तारको प्रगति भने निराशाजनक छ ।