काठमाडौं, जेठ २८ गते । फिल्म 'पानीफोटो'को डायनामिक मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले सन्देश समेत दिनुभएको हो ।निर्देशक लामिछानेले बलिउडमा चलेको सोही चलनलाई पछ्याउँदै फिल्मको सम्पूर्ण जानकारी दर्शकसँग बाँड्नुभएको छ । आफूसहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उहाँले सपनाको जवाफ नहुने बताउनुभयो ।फिल्ममा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिनुभएको हो । फिल्ममा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मालिका महत प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्यामकुमार खड्का जस्ता चर्चित कलाकारहरुको अभिनय छ ।दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म भदौ १० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म दुई हप्ता प्रिपोन्ड हुँदै साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रा.लिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । फिल्मको निर्माता रोजिना सिटौला र रबिन्द्र बज्राचार्य हुन् ।
दक्षिणी हुम्लाको चंखेली गाउँपालिका–४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एक्कासी लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका पदाधिकारीले शुक्रवार पद तथा गोपनियता शपथ लिनुभएको छ । शपथसँगै पदाधिकारी तथा सदस्यहरुले आफ्नो काम शुरु गर्नुभएको छ ।
काठमाडौं, जेठ २८ गते । गायिका अस्मिता अधिकारी र गायक मनोज खनालको स्वरमा रहेको 'खोलीको पानी' बोलको लोक आधुनिक गीत सार्वजनिक गरिएको छ । मौलिकतामा आधारित यो गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत छ । गीतलाई सुनिल परियारले एरेन्ज गर्नुभएको हो भने गीतमा समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय देख्न सकिन्छ । गीतको भिडियो साजन कट्टेलको निर्देशन गर्नुभएको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (शनिबार) आयोजक कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १०ः०० बजे सुरु हुने खेलमा नेपाल कुवेतविरुद्ध जितको खोजीमा छ ।
२० वर्ष अघि बेनी नगरपालिका २ खबरमा मानबहादुर थापाले मात्र केराखेती गर्नुहुन्थ्यो । थापाले नै गाउँमा केराखेतीको सुरुवात गर्नुभएको हो ।
हिजो आकाश खुलेको बेला, हाँसेका थिए हिउँ बोकेका सेता हिमालहरू
हरेक पाइलामा धराप छ जिन्दगीको हरेक चुनौतीको सामना गर्नुपर्छ जिन्दगीमा चुनौतीको सामना गर्नेले मात्र अवसर हात पार्छ
केसरिया छाती पिटी–पिटी रोइरहेकी छे । उसकी छोरी गुलाबीले उसलाई सम्झाउन खोज्दैछे । केसरियाको घरको आँगनमा पञ्चायती बसेको छ । पञ्चायतीमा गाउँका गन्नेमान्ने पञ्चभलाद्मीहरू भेला भएका छन् । पञ्च त पक्कै हुन्, तर ती कति भलाद्मी छन्, त्योचाहिँ रामजाने ।
अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगीले उठाउँदै आएको माग असार १ गतेपछि सम्बोधन गर्ने बताउनुभएको छ । सेनेटरी प्याड, वनस्पति तेल र एमएस वायर रडमा आधारित उद्योगका समस्या समाधान गरिने बताउनुभएको हो ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले बृहत्, मध्यम, लघु र लघुत्तम गरी काव्यिक विधानतालाई चार भागमा विभाजन गर्नुभएको छ (‘नेपाली लघुत्तम कविताका शक्ति र सीमा’ मधुपर्क २०७८ माघ) ।
झापाको कमल गाउँपालिका वडा नं. ७ मा ५० श-याको भवन निर्माण सम्पन्न भएको प्रादेशिक आयर्वेुद चिकित्सालय आउँदो आर्थिक वर्षदेखि सञ्चालन हुनेभएको छ । गाउँपालिकाको संयोजनमा मासिक रूपमा चिकित्सालयमा निःशुल्क आर्युवेदिक स्वास्थ्य शिविर भने हुँदै आएको छ ।
हालसम्म सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको यथार्थ झल्काउने प्रयास म्युजिक भिडियो रेलको बाटोले गरेको छ । जिल्लाका विभिन्न बस्ती र रमणीय स्थानमा पुगेर कलाकारले सो प्रयत्न गर्नुभएको हो ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा ५ जना घाइते भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (पहिलो संशोधन) ऐन २०७८ संशोधन गर्न लागिएको बताउनुभएको छ । नेपाल कानुन आयोगद्वारा शुक्रबार यहाँ आयोजित कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (पहिलो संशोधन) ऐन २०७८ संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदन मस्यौदाउपरको अन्तक्र्रियामा मन्त्री रेग्मीले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार गम्भीर अपराध भएको बताउनुभयो ।