प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले नेपालीहरूले आफ्नो भाषा, कला र जातीय संस्कृति जोगाउनु पहिलो आवश्यकता भएको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको राष्ट्रिय गणित सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले अहिले नानीहरूले अङ्ग्रेजी भाषा फर्रर बोले भने अभिभावकहरू खुसी हुने गरेको भन्दै आफ्नो भाषाभन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिनु गलत भएको बताउनु भयो ।
चालू आर्थिक वर्षको १० महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि कमी आएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।
पूर्वको तमोर नदीमा बन्ने भनिएको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माणको लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साही छन् । राष्ट्रिय गौरवको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना ७६२ मेगावाट विद्युत् उत्पादन क्षमताको हुनेछ । आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । आइतबार विहान सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको उद्घाटन गर्नुभएको हो ।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावितहरुले घर गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा रकम पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुर्नबास तथा पुर्नस्थापना इकाईका अनुसार हालसम्म कुल चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ ।
चियाले व्यावसायिक उत्पादन दिन थालेपछि आर्थिक रूपमा उक्सिएका पूर्वका चिया किसानलाई श्रमिक अभाव हुँदा समस्या भएको छ । इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा मुख्य नगदेबालीजस्तै भएको चियालाई हातले टिपाइ गर्न नसक्दा यसको गुणस्तर खस्कने हुँदा समस्या भएको किसान बताउँछन् । दुई–चार रोपनी जमिनमा लगाइएको चिया हातैले टिप्न सम्भव भए पनि १० रोपनीभन्दा बढी जमिनमा लगाइएको चिया टिप्न भने मेसिनकै प्रयोग गर्नुपर्ने बाध्यता आएको किसानको भनाइ छ ।
कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोलले पराजित भयो ।
वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतीकात्मक रूपमा देशभर शनिबार अभ्यास गरिएको जानकारी दिनुभयो ।
यसवर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने भनिएको सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य योजना अझै तयार हुन सकेको छैन ।
बुटवलमा भैरहेको खानेपानी समस्याबारे गोरखापत्रले समाचार प्रकाशन गरेसँगै यहाँका जनप्रतिनिधिहरुले चासो देखाएका छन् । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका हुन् ।
रेल सेवा सञ्चालन भएसँगै जनकपुरधाममा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसानजस्तै बनेको धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा रेल सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढेको हो । यसबाट यस क्षेत्रको व्यापारसमेत बढेको छ ।
कालीगण्डकी कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको छ । यसअघि नेपाली सेनाले बम विस्फोट गरी कोरिडोरको हर्मिचौर–पूर्तिघाट सडकखण्ड सामान्य अवस्थामा फर्काए पनि पानी परेपछि पहिरो खस्ने समस्या यथावत् रहेको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ ।
लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ ।मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो ।