प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को कार्यकारी समिति सदस्यमा हालै निर्वाचित हुनुभएका बद्री सिग्देललाई गोरखापत्र संस्थानले बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।
निर्माण कम्पनीको लापरवाहीको कारण पक्की पुल निर्माणकार्य समयमा सम्पन्न नहुँदा रौतहटमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल नबनेपछि सर्वसाधारणले शुल्क तिरेर बाँसको अस्थायी पुल र डुंगा प्रयोग गर्न बाध्य छन् ।
सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।
महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ ।
नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाईते बनाएको थियो ।
आइतबार सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन प्यानल विजयी भएको छ । काँगे्रसका बालकृष्ण श्रेष्ठ १३ मतसहित प्रमुख र उपप्रमुखमा समाजवादीका पद्मनाथ नेपाल १३ मत ल्याई निर्वाचित हुनुभएको छ ।
पश्चिम नेपालको बाँके–बर्दियामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीबाट फलफूलमा ठूलो क्षति पुगेको छ । अत्यधिक तिव्र गतिमा आएको हावा हुरीबाट दुबै जिल्लाका केरा र आँप खेतीलाई ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।
सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना हुनुभएको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।
कुनै समय यस्तो थियो कि नेपाली चलचित्रका कलाकारले आफ्नो बुवाले जे पेसा अँगाले आफूले पनि त्यही पेसा अँगाल्नुपर्छ भन्ने मान्यता राख्थे । त्यही कुराले अहिले पनि निरन्तरता पाइरहेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङको मार्फामा रहेको बीउ उत्पादन गर्न लगाइएको आलुको गोडमल सुरु भएको छ । शितोष्ण बागवानी विकास केन्द्रले बीउ उत्पादनको लागि लगाएको आलु खेतीमा गोडमेल सुरु गरेको छ ।