बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
विदेशबाट काठमाडौं आएका मंकिपक्सका शंकास्पद एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड मूल्यको ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको आधारभूत ठाउँ भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको वातावरणीय अध्ययन गरेर मात्रै ढुङ्गा, गिटी र बालुवा जस्तो प्राकृतिक स्रोतको उत्खनन् तथा सङ्कलन गर्न आग्रह गर्नु भएको छ । उहाँले बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठाैं चुरे दिवसको अवसरमा एक दिनमा एक लाख विरुवा वृक्षारोपण कार्यक्रमको शुभारम्भ समारोहमा यस्तो आग्रह गर्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल आबद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको जानकारी दिनुभएको छ ।
भरतपुर महानगरपालिका २७ स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न भनी गएको अवस्थामा एक युवतीलाई बाघले आक्रमणमा गरी मारिदिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् । एमाले सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
शिलान्यास भएको १६ वर्ष बित्नैलाग्दा गुल्मेलीहरुले रेसुङ्गा विमानस्थलबाट विमान चढेर भैरहवा र काठमाडौं जान पाएका छैनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको विमानस्थलको निर्माण कार्य करिब सकिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ । २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।