रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।
होटल सङ्घ पोखराले कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । आगामी आर्थिक वर्षका लागि बन्ने मौद्रिक नीतिमा समावेश गर्न सुझाव दिने उद्देश्यले शनिबार पोखरामा अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरी सङ्घले उक्त सुझाव दिएको हो । सो अवसरमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रदान गर्नुभएको थियो ।
प्रदेश १ का उद्योगी व्यवसायीले बैङ्कको तरलताको समस्या समाधान भए मात्रै औद्योगिक व्यावसायिक वातावरण सहज हुने निष्कर्ष निकालेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ को चौथो सभाबाट १५ बुँदे प्रस्ताव पारित गर्दै उद्योगी व्यवसायीले कर्जा प्रवाहमा देखिएको समस्या आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् । “बजेटले सिर्जना गरेका कतिपय समस्या मौद्रिक नीतिले हल गर्नुपर्छ । बैङ्कको तरलता अभावबाट सिर्जित औद्योगिक व्यावसायिक समस्या निराकरण हुनुपर्छ,” महासङ्घको प्रस्तावमा भनिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उत्पादनशील क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने विषय अधिकांश जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट उठेको बताउनुभयो । उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अङ्कमा नबढ्ने ब्याजदर कायम हुनुपर्ने माग उद्योगी व्यवसायीले गरेका हुन् ।
संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्कन लागेको हो ।
अर्थतन्त्र सङ्कटतर्फ अग्रसर भइरहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको अर्थविद्हरूले बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘मुलुकको सङ्कट उन्मुख अर्थतन्त्र र आव २०७९/८० को राष्ट्रिय बजेट’ विषयक अन्तक्र्रियामा अर्थविद्हरूले सो धारणा व्यक्त गर्नुभएको हो ।
कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पर्वतको मोदी गाउँपालिकाले दूध उत्पादनमा अनुदान सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि कृषकहरूलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिन लागेको हो । दूध र मासुमा आत्मनिर्भर मनाउने रणनीति सो गाउँपालिकाले लिएको छ । यही नीतिअनुरूप पहिलो पटक दूधमा अनुदान दिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो ।
व्यवस्थापिका संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले म्याग्दीखोला र कालीगण्डकी नदीमा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजकत्वमा समितिका सदस्यहरू घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ र लालकाजी गुरुङसहितको अनुगमन टोली केही दिनअघि म्याग्दी आएको हो ।
सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् ।
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीमा पनि सङ्क्रमण देखिने क्रम बढ्दै गएको छ । भारतबाट आउनेमा फेरि कोरोना देखिन थालेपछि यहाँस्थित जमुनाह नाकामा आवागमन गर्नेमाथि फेरि कडा निगरानी सुरु गरिएको छ ।
दमकमा सामान्य वर्षाको समयमा समेत बजार क्षेत्रलगायतका विभिन्न व्यस्त ठाउँहरू एकै क्षणमा जलाम्य बन्ने गरेको छ । पानीको उचित निकास नभएका कारण यो अवस्था आएको हो । सामान्य वर्षा हुँनासाथ सडकमा भेल बग्न थाल्ने र व्यवसायीहरूलाई पसलको सामान जोगाउन मुश्किल पर्ने व्यवसायीको साझा गुनासो छ ।
चुरे क्षेत्रको खहरेमा तटबन्ध निर्माणपछि वर्षाको बाढीसँगै बगेर जाने गिट्टी, बालुवा र माटो चुरे क्षेत्रमै रोकिएको छ । चुरे संरक्षण अभियन्ताका अनुसार भूमिगत जल भण्डारमा पनि वृद्धि भइरहेको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ चुरे संरक्षण अभियानअन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति एकाइ कार्यालय जनकपुर र सामुदायिक सुधार केन्द्र धनुषाले धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित बडहरी खोलाको सिरान तथा चुरे क्षेत्रको खहरेमा दुई वर्षअघि तटबन्ध निर्माण गरेपछि माटो र बालुवा बग्न रोकिएको छ ।
लहान नगरपालिका–१, मटिअर्वामा वर्षाको पानी सुत्ने कोठामा पसेपछि बिरामी ७० वर्षीया एकल दलित महिला सावित्रीदेवी दास समस्यामा पर्नुभएको शुक्रबार राति आँगनमा जम्मा भएको पानी सुत्ने कोठामा पसेपछि बिरामी परेकी सावित्रीदेवी कोठाबाट निस्कन पाउनुभएको छैन । घरआँगनमा दुई फिटभन्दा बढी पानी जम्मा भएर जलमग्न भएको छ ।
धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो ।