काठमाडौं, असार १९ गते। संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रका बीचमा समान धारणा बनेको बताउनु भएको छ।अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो। उहाँले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रका सभामुखको सम्मेलनमा भू–राजनीतिक तनाव, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी र मानवीय संकट लगायतको समस्या असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताउनुभएको हो।असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रका सभामुख बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारीसमेत सभामुख सापकोटाले गराउनुभयो। सञ्जाललाई संगठनमा रुपान्तरित गर्नुपर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौं, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ।’’उहाँले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधनबाहेक दुई पक्षीय भेटवार्ता र छलफल भएको जानकारी दिनुभयो। आठ लाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन छलफल मलेसियासँग छलफल भएको उहाँको भनाइ छ। बंगलादेश, जोर्डन, किर्गिजस्थान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग छलफल भएको सभामुख सापकोटाले जानकारी दिनुभयो। सभामुख सापकोटाको नेतृत्वमा असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार साँझ स्वदेश फर्किएको हो। प्रतिनिधि मण्डलमा सांसद पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो।
कैलालीका पाँच वर्षदेखि १२ वर्षमुनिका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ ।
काठमाडौं, असार १९ गते। नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो। ३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्दीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्। काठमाडौंको कमलादीमा माओवादी केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो।सूचीमा हेर्नुहोस् केन्द्रीय सदस्य
काठमाडौं, असार १९ गते।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिले पार्टी विधान २०७८ संशोधनसहित पारित गरेको छ ।बबरमहलस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा शनिबार र आइतबार दुई दिन बसेको बैठकले सो निर्णय गरेको हो ।अध्यक्ष ठाकुरले आइतबार बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुहुँदै सरकारले जेठ २३ गते जारी गरेको नियमावली राजपत्रमा प्रकाशित भू–उपयोग नीतिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ।अव्यवहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको सो नियमावलीले संस्कृतिमाथि समेत प्रहार गरेको निष्कर्श निकाल्दै तत्काल खारेज गर्नुपर्ने लोसपाले माग गरेको छ ।बैठकले यी लगायत अनावृष्टि र हालको अतिवृष्टिले देशको मुख्य धानखेतीमा व्यापक क्षति पु¥याएको, गाउँ–गाउँमा पसेको बाढी र जल जमावले जनधनको नोक्सानी एवम् जनजीवन अस्तव्यस्त पारेको सन्दर्भमा सरकार मौन देखिएकाले असार २७ गते प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
गोरखापत्र अनलाइन काठमाडौं, असार १९ गते। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानलाई टुङ्गो लगाउन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको पूर्व तयारी उपसभापति पूर्णबहादुर खड्काले गर्दै हुनुहुन्छ। पार्टीका मुख्य सचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलका अनुसार, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकता रुपता ल्याउन र असार २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा पनि छलफल हुनेछ। बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र नेताहरूद्वय एनपी साउथ र गुरुराज घिमिरेलाई पनि आमन्त्रण गरिएको छ। कांग्रेसले केही समय पहिले केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानको अध्ययन र विश्लेषण गरेको थियो।कांग्रेसले पाँच वटा भ्रातृ संस्थाको विधान पारित गरिसकेको छ भने अन्यको बाँकी रहेको छ। विधानको अभावमा कांग्रेसका अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकिरहेको छैन।
काठमाडौं, असार १९ गते। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ। ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो। भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो। ‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’
गोरखापत्र अनलाइन काठमाडौं, असार १९ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। आइतबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री कार्कीसँग नवनियुक्त राजदूत श्रीवास्तवले भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सञ्चार मन्त्रीको निजी सचिवालयले जनाएको छ।
उत्तर कोरियाले आफूलाई लक्षीत गर्दै संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएको भन्दै त्यसको आलोचना गरेको छ। उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । ७ः१५ बजे सुरु हुने खेलमा नेपालले अहिले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन्।
दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।
गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।
गाउँघरमा पाइने, बास प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ। देश भित्रै सामान्यरूपमा उत्पादन गर्न सकिने ‘टुथपिक’ आर्थात् दाँत कोट्याउने सिन्का आयात गरेर नेपालीले परनिर्भरताको चरम नमूना प्रस्तुत गरिरहेका छौँ।
बालक हत्या आरोपमा फरार रहनुभएका पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले अछाम प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ । चलाउनेसँगै घटनाका अर्का आरोपी नेत्रबहादुर शाहीले पनि प्रहरीमा आत्मसमर्पण गर्नुभएको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।