निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्दीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
एक सय १ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीले मतदान गर्नुभएको छ ।
बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटिकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीको मतपेटिकामा आगजनी भएको हो ।
सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।
सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए ।
साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो ।
प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गर्नुभएको छ ।
टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ ।
जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।
गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ ।
झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । झापा दमकस्थित हिमावि मतदान केन्द्रमा विहान साढे १० बजे र झापा गाउँपालिकाको वडा नं. २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा विहान साढे ९ बजे बम विस्फोट भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचनका दिन वैदेशिक रोजगारका लागि हिंडेका युवाहरु ।
अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारागारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका हुन् ।
सर्लाहीका सम्पूर्ण मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान जारी छ । यहाँ अहिलेसम्म ५० प्रतिशत मत खसेको बताइएको छ ।
कास्कीको माछापुच्छ्रे वडा नं ८ स्थित तारे बराह आधारभूत विद्यालय लुम्रेको मतदान केन्द्रबाट सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।