नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभाका ४ र प्रदेश सभाको ८ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतपेटिका सङ्कलन गर्ने काम भइरहेको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो ।
सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको १ सय ६६ स्थानबाट ५ सय ९३ मतदान केन्द्रमा ६१ प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकामा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर ३ मा आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले तोकिएको समय बिहान ७ बजे सुरु भई साँझ ५ बजेसम्म मतदान कार्य निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो ।
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
भरतपुर –१० का भुवन आचार्य अपराह्न २ बजे भरतपुर १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गरेर फर्कनुभयो । सोही वडाका विश्वनाथ ओझाले पनि सोही मतदान स्थलबाट बिहान सबेरै मतदान गर्नुभयो ।
निर्वाचन आयोगले राति पत्रकार सम्मेलन गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा जानकारी गराउन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ।
बागलुङको जैमिनी नगरपालिका –४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो ।
चङ्खेली गाउँपालिका –५ को डाँफे मावि मतदान केन्द्रको एक समूहले मतपेटिका फुुटाएको छ । युुवाहरुको दुुई समुहबीच झडप हुँदा मतदानका लागि राखिएको मतपेटिका फुटाइएको प्रहरीले जनाएको छ ।
जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएको बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।