विश्वकप २०२२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सोमबार सेनेगलसँग खेल्दा विश्वलाई दुई कुरा देखाउने प्रयास गर्नेछ। पहिलो सेनेगलविरुद्ध जित हात पारी आफू पनि ब्राजिल, अर्जेन्टिना र गत विजेता फ्रान्ससरह उपाधि दावेदार हो अनि पछिल्लो विश्वकपमा चयन हुन नसके पनि यस पटक युरोपको शीर्ष टिमका रूपमा कतार आएको हो भन्ने। पहिलो खेलअघि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुहुन्छ, “हामीसमक्ष विश्व च्याम्पियन बन्ने ठूलो अवसर छ। यस्तो दाबी गर्न प्रशिक्षकहरू डराउँछन् तर म दाबी गर्न सक्छु,” उहाँ भन्नुहुन्छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुभएको छ। उहाँले आइतबार बिहान १० बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँकी पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निक्कै कम देखिएको छ । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेलधुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुर ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन् ।
आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण भएको छ। केही स्थानमा हवाई फायर भएको छ भने एकाध स्थानमा गोली चल्दा केही व्यक्ति घाइतेसमेत भएका छन् । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ। गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिनुभयो।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले ७० प्रतिशतसम्म मत खस्ने प्रक्षेपण गरेको थियो । तर, मतदाताले भने निर्वाचन आयोगको प्रक्षेपणलाई साथ दिएनन् । निर्वाचन आयोगको प्रारम्भिक अनुमानमा ६१ प्रतिशत मत खसेको छ जुन आयोगको प्रक्षेपणभन्दा ९ प्रतिशतले कमी हो । वैशाखको स्थानीय तह निर्वाचनभन्दा पनि अहिले कम मत खसेको हो । हालैको स्थानीय तहको अन्तिम नतिजाको तुलनामा पनि सङ्घ र प्रदेशका विधायक छान्ने निर्वाचनमा मतदाताको उत्साह घटेको हो ।
इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो ।
फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।
काठमाडौं, मङ्सिर ४ गते। काठमाडौँ क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताउनुभयो।“सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ”, निर्वाचन अधिकृत शाहीले भन्नुभयो। अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो। मतपेटिका बुझिसकेपछि अहिले ९ बजे फेरि सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्नेबारे अन्तिम निर्णय गरिने उहाँको भनाइ छ। काठमाडौँ क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ।
चितवनमा झण्डै ६५ प्रतिशत मत झरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभएको छ। आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।
काठमाडौं, मङ्सिर ४ गते । काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल नयाँ बानेश्वरस्थित संसद् भवनमा ल्याइएको छ । सङ्घीय संसद् भवन परिसरमा मतपेटिकाको ढुवानी र त्यहाँका गतिविधि : तस्बिर: कविन अधिकारी
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ।
निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।
प्रतिनिधि तथा प्रदेश सभाका लागि आइतवार यहाँ छिटपुट घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ प्रतिशतभन्दा वढी मत खसेको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि आज भएको निर्वाचन उदयपुरमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।