बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना कार्य सोमवार बिहान सुरु भएको छ भने जिल्लाका अन्य दुई क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जिल्लाको क्षेत्र नं. ३ मा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनको मतगणना सोमबार बिहान ५ः३० बजेबाट सुरु भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलबार पुनः मतदान हुने भएको छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निकै कम देखिएको छ । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेल्धुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुरमा ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन्।
कर्णाली प्रदेशका १० जिल्लामा सामान्य छिटपुट घटनाबाहेक समग्रमा निर्वाचनमा शान्तिपूर्ण मतदान भएको छ। आइतबार बिहान ४ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदाता ६ नबज्दै लाम लागेका थिए। मतदान सुरु भएलगत्तै प्रदेश राजधानी सुर्खेतमा चर्चित उम्मेदवारले सुरुमै मतदान गरेका थिए। सुर्खेतमा ६० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले ६० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिनुभयो।
आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता भएको छ। आगामी पाँच वर्षका लागि प्रतिनिधि चयन गर्ने निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको हो। निर्वाचनमा महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताको उल्लेख्य सहभागिता थियो। यस जिल्लाको दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ। तानसेनको जनप्रिय र दमकडाको मतदान स्थलमा केही समय स्थगित भएको मतदान पुनः सञ्चालन गर्नु परेको थियो।
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ ।
आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार कास्की प्रतिनिधि सभा २ मा नेकपा (एमाले) सूर्य चिन्हका उम्मेदवार विद्या भट्टराई १२२ र राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवार माधव कँडेलको १६२ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको छ। मतदान गर्न तोकिएकै समयमा मतदाता मतदान केन्द्रमा पुगेका थिए। निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु गरिने समय तोकेको थियो। उक्त समयअगावै मतदाता मतदान केन्द्र पुगेका थिए। बिहानको चिसोलाई बेवास्ता गर्दै मतदाता मतदान केन्द्र पुगिरहेको देखेर मतदान अधिकृतहरू मतदान गराउन हतारिएका थिए। यस प्रदेशका जिल्लाहरूमा अधिकांश मतदान केन्द्रमा तोकिएकै समयमा मतदान प्रक्रिया सुरु भएको थियो। केही मतदान केन्द्रमा आधा घण्टा ढिलो गरी मतदान सुरु भएको सम्बद्ध जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन्।
मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयरबाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ। मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कारण छ महिनायता रोक्का रहेका यी बैङ्कको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खुलाउन लागेको हो। स्टक एक्सचेन्जका अनुसार दुवै बैङ्कको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएर मङ्गलबारदेखि सुचारु हुने भएको हो। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा मङ्सिर ६ देखि नियमित कारोबार हुने नेप्सेले जनाएको छ।
झापाको क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो । जिल्लामा पहिलो पटक यो क्षेत्रमा मतगणना सुरु भएको जनाइएको छ ।
दैलेखको दुल्लु क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ। यहाँका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन्। दुल्लु नगरपालिका–११, कालभैरवका किसान जगतबहादुर पन्तको सुन्तलाको बगैँचा छ। २०५३ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका पन्तले विगतका केही वर्षको तुलनामा यसपालि सुन्तला धेरै फलेको बताउनुभयो। उहाँले भन्नुभयो, “बोटभरि लटरम्म दाना छन्, गत वर्षभन्दा दोब्बर उत्पादन हुने अनुमान छ।” पन्तको बगैँचामा डेढ सय सुन्तलाका बिरुवा र यसकै हाराहारीमा कागती छन्। सुन्तला र कागती उत्पादनबाट वार्षिक तीन लाख रुपियाँभन्दा धेरै आम्दानी गर्दैै आएको उहाँले बताउनुभयो। रोगकीरा र प्राकृतिक प्रकोप नभए सुन्तलाको उत्पादन राम्रो हुने किसानको अनुभव छ। सुन्तलाको बजारीकरणमा पनि समस्या नरहेको र सुन्तला नपाक्दै व्यापारी बगैँचामा आइपुग्ने गरेको किसान बताउँछन्। दूल्लूको सुन्तला गत वर्ष बोटबाटै प्रतिकेजी ५५ रुपियाँका दरले व्यापारीले खरिद गरेका थिए। यहाँको सुन्तला सुर्खेत–नेपालगञ्जका व्यापारीले खरिद गरेर लैजाने गरेका छन्। दुई सय बोट सुन्तला भएका कालभैरवकै किसान प्रकाश भण्डारीले यो वर्ष सुन्तला बाक्लै फलेको र रसिलो भएको जानकारी दिनुभयो। उहाँले सुन्तला खेतीबाट वर्षमा चार लाख रुपियाँको हाराहारीमा कमाइ हुने गरेको बताउनुभयो। आवश्यक प्राविधिक परामर्श नहुँदा उत्पादन सोचेजस्तो भने हुन न
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै काभ्रेपलान्चोकको मतगणनाको काम दिउँसोबाट सुरु हुने भएको छ । जिल्लाको प्रतिनिधि सभा १ को मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आउन बाँकी रहेकोले मतगणना कार्य ढिला हुने भएको छ ।