कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज दिउँसो २ बजेबाट मतगणना सुरु भएको हो ।
भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेपाली कांग्रेसले ४३५ मतले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापाले ४ हजार ११९ मत प्राप्त गर्नुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नंं. २ मा नेकपा (एमाले) का प्रेम बहादुर महर्जन र ललितपुर ३ मा एमालेका अमृत खड्काको अग्रता रहेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको उदयपुरमा मत गणना सुरु भएको छ । मत गणनाका लागि सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा मतगणना सुरुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो ।
झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । हालसम्म ७०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता लिनुभएको छ ।
इलाम क्षेत्र नं. २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ ।
इलाम क्षेत्र नं. २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ ।
इलाम क्षेत्र नम्बर २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैको र यस क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष–समानुपातिक दुवैको मतगणना थालिएको हो ।
सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) तेब्बर मतले अग्रता लिनुभएको छ ।
अछाम जिल्लाको क्षेत्र नं. २ को मतगणना प्रारम्भ गरिएको छ
लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणना सुरु भएको छ । बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार लमजुङमा ८० हजार ९ सय ९१ मत खसेको छ । यो ६० दशमलब ६४ प्रतिशत मत हो ।
रौतहट क्षेत्र नं.४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जनज्योति मावि चन्द्रनिगाहपुरमा सुरु भएको छ ।