पर्यटन प्रवर्द्धनको हेतुले विभिन्न कार्य गर्दै आएको नेपाल पर्यटन बोर्डले नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’को विशेष प्रदर्शन आयोजना गरेको छ।
आमनिर्वाचनमा महिला मतदाताको उपस्थिति उत्साहजनक रह्यो । बिरामी, अशक्त, वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर महिलावर्ग आमनिर्वाचनमा मतदान गर्न पुगेका थिए । कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० मध्ये ८८ लाख ४७ हजार ५७९ महिला मतदाता छन् ।
इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोसन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिनुभएको छ।
गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।
गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको ‘रातो कार’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।
चिसो बढ्दै जाँदा हेर्दा आकर्षक देखिने फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थालेको छ। महिला पुरुषका विभिन्न मोडेल तथा रङमा उपलब्ध डाउन ज्याकेट बाइक, स्कुटर चलाउनेहरूले बढी प्रयोग गर्छन्। गुणस्तरीय डाउन ज्याकेटमा राजहंसको रौँ प्रयोग गरिने भए पनि अहिले फर्म, सिलिकन तथा कपासका ज्याकेटलाई पनि डाउन ज्याकेट भन्न थालिएको छ।
यसपालि ब्राजिलसँगै अर्जेन्टिनालाई पनि प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। फुटबलर डिएगो म्याराडोनापछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छैन। म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिले विश्वकप पनि हो। अर्जेन्टिनाले यसपालि विश्वकप जितेमा म्याराडोनाप्रति हकलाग्दो श्रद्धाञ्जलि हुनेछ। लियोनेल स्कालोनीको प्रशिक्षकत्व र लियोनेल मेसीको कप्तानमा अर्जेन्टिनाको लय पनि गजबको छ। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ। यसबीच अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि पनि जितेको थियो। त्यसैले पनि विश्वकप उपाधि दाबेदारको सूचीमा अर्जेन्टिनाको नाम सबैभन्दा माथि छ।
संविधान सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७७ मतले पछि पर्नुभएको छ ।
युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए ।
विश्वकप फुटबलको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ। यस पटक फ्रान्स उपाधि रक्षा अभियानमा रहनेछ तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन। यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ। अझ प्रेरणादायी स्ट्राइकर करिम बेन्जामा, क्रिस्टोफर कुन्कु तथा मिडफिल्डरहरू पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा नहुँदा फ्रान्सको चिन्ता बढेको छ। चार वर्षअघि विश्वकप ट्रफी जितको यात्रामा फ्रान्स निकै प्रभावशाली थियो। पोग्बा र कान्टे दुवै पछिल्लो संस्करणमा उपाधि जित्दा मिडफिल्डमा प्रमुख खेलाडीद्वय थिए। यसैगरी बेन्जामा गत महिना विश्वका सर्वश्रेष्ठ फुटबलर घोषित भएर बालन डि ओर विजेता हुनुहुन्छ। क्रिस्टोफरले सन् २०२२ मा आफ्नो टिम लेप्जिगका लागि ३७ गोल र ११ एसिस्ट गर्नुभएको थियो।
प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।
दाङको पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिका–२, मर्पेसका किसान खेतुलाल विकले १२ वर्षदेखि घुइया (पिँडालु), अदुवासँगै बेसार खेती गर्दै आउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले १६६ मतले अग्रता लिनुभएको छ ।
बर्दिया ठाकुरद्वारा–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनुभएको छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएन ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।