जनकपुर प्राचीनकालदेखि वर्तमानसम्म हिन्दुका लागि मात्र होइन, बौद्ध, जैनलगायत कतिपय अन्य धार्मिक समूहका लागि पनि आस्थाको केन्द्र रहिआएको छ । वाल्मीकीय रामायणअनुसार जनकपुरको प्राचीन नाम बैजन्त थियो । बैजन्त शब्दको चर्चा देवीभागवत पुराणमा पनि भेटिन्छ । निमिपछि मिथि राजा भए । उनले बैजन्त नामलाई परिवर्तन गरी मिथिलापुरी राखेका थिए । मिथिलापुरी आफ्नो नामले नै मिथिलाको राजधानी नगरलाई जनाउँछ । यो नाम धेरै वर्षसम्म कायम रह्यो । हिन्दुहरूका महान् ग्रन्थ रामायण, महाभारत तथा पुराणमा समेत यसै नामबाट प्रचलित थियो । प्राचीन कालमा जनकपुरको आकार निकै ठूलो थियो । सीमातिर हेर्दा पूर्वमा कमलादेखि पश्चिममा जलेश्वरसम्म तथा दक्षिणमा गिरिजास्थानदेखि उत्तरमा धनुषाधामसम्म यस क्षेत्रको सीमा थियो । प्राचीन जनकपुरको क्षेत्रफल ३१.२ वर्गमाइल थियो जो वर्तमान समयमा एउटा सानो क्षेत्रमा खुम्चिएको देखिन्छ ।
मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
कुनै समयको प्रसङ्ग हो, एक देशका राजालाई जीवनको एउटा क्षणमा आएर जीवनमा राज्य नै जित्दा पनि केही अपूर्णजस्तो लाग्यो । सबै कुरा सम्पन्न त छ, राज्य नै आफ्नो नाममा छ र पनि मेरो खुसी खोइ ? खुसी नै पाउन नसकेको म राजाले कसलाई जितेँ, के जितेँ ? उनी आफ्नो सुन्दर घोडामा हीरा, जवारतसहित सुख र शान्ति खोज्न दरबारबाट निस्के । बाटोमा भेट्ने जतिलाई उनले प्रश्न राख्थे– सुख र खुसी कसरी मिल्छ ? कसैले मलाई बताइदियो र मलाई क्षणभर मात्र खुसी मिल्यो भने पनि मसँग भएको हीरा, जवारत सबै दिनेछु । सुन्ने जति सर्वसाधारणलाई विश्वास लागेन, यत्रो सम्पन्न सम्राट खुसी र सुख खोज्न हिँडेका ? पक्कै उनले केही गर्न खोजेको हुनुपर्छ उल्टो शङ्का पो गर्न थाले । कसैले उनलाई बताउने
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।
भनुँ भने सुन्नेलाई अवश्यै मन पर्ने छैन र मलाई पढ्दा पनि पढ्नेको आँखामा म मानवताविहीन मान्छेका रूपमा गनिने, ठहरिन सक्छु । मैले पहिला पनि मेरो यो यथार्थता एकचोटि लेखेको थिएँ । तर टाइप गर्न पठाउँदा ती टाइपकर्ताले तपाईंको रचना कता प-यो प-यो म खोज्दै छु भनी रचना नै हराइदिए । हाराइदिए वा आफ्नै नाममा कतै प्रकाशित गरे म अझै अनविज्ञ नै छु । टाइप गर्न गलत मान्छेको हातमा दिएकोमा आफैँलाई निकै ग्लानि छ ।
देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा देशले फड्को मार्ने थियो तर त्यो हुन सकेन । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन पनि सकेन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ । सरकारले १५औँ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) मार्फत रोजगारीलाई व्यवस्थित गराउने सन्दर्भमा सबै नागरिकलाई मर्यादित, उत्पादित र उत्थानशील रोजगारी उपलब्ध गराउने सोच तथा उत्पादनशील क्षेत्रमा रोजगारी अभिवृद्धि गरी बेरोजगारी दर तथा श्रमको अल्प उपयोगमा उल्लेखनीय रूपमा कमी ल्याउने लक्ष्य योजनाको रहेको छ । साथै सरकारले देशभित्र उत्पादनशील र मर्यादित रोजगारीका अवसर विस्तार गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने उद्देश्य राखेको छ ।
विद्युतीय सुशासन भन्नाले इलेक्ट्रोनिक सरकार, ई–गभर्नेन्स (आई.सी.टी.), सूचना र सञ्चार प्रविधिको सहयोगका साथ गरिने सरकारी कामकाज हो । यो सरल, नैतिक, जवाफदेही, उत्तरदायी र पारदर्शी शासन व्यवस्था हो । विद्युतीय सुशासन सेवाका विशिष्ट प्रकारका आधारमा चार प्रकार हुने विज्ञ बताउँछन् । ती हुन्– सरकारदेखि नागरिक, सरकारदेखि व्यवसाय, सरकारदेखि सरकार, सरकारदेखि कर्मचारी ।
प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२)को दोस्रो संस्करण सुरु भएको छ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सव समुद्घाटन गरिएको हो । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव’ नाराका साथ भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सव समुद्घाटन गर्नुभएको हो ।
मानवता प्रवद्र्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले नेपालका मुख्य १० सहरमा साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । साङ्गीतिक यात्रा मङ्सिर १६ गते विराटनगरबाट समुद्घाटन गर्ने गरी अन्तिम तयारी चलिरहेको आयोजकले जनाएको छ ।
आज (शुक्रबार)देखि सिनेमाघरमा नेपाली चलचित्र ‘मिलन’ र बलिउड चलचित्र ‘भेडिया’ प्रदर्शनमा आएका छन् । टेक पौरखी राई निर्देशित चलचित्र ‘मिलन’ले मित्रतामा आउने उतारचढावको कथा बताउँछ । चलचित्रमा सलोन बस्नेत, कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का र करण थापाको अभिनय छ ।
सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।
जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको मतादन सुरु भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपामा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबिच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको छ। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। पोर्चुगलले बिहीबार राति घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले पहिलो गोल गर्नुभएको थियो। ३७ वर्षीय रोनाल्डोले खेलको ६५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो। रोनाल्डोले आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गर्नुभएको छ।
फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।