नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ ।
रोल्पा, मंसिर १० गते। रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन विजयी हुनुभएको छ।माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ। माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो। रोल्पामा २०६४ सालदेखि नै माओवादी विजयी हुँदै आएको छ। पहिलो संविधानसभा चुनावमा पुन ललितपुर–१ बाट विजयी हुनभएको थियो। २०७० सालमा मोरङ ९ बाट पराजित पुन २०७४ सालको चुनावमा रोल्पाबाट विजयी हुनुभएको थियो। अहिले पुन रोल्पाबाट दोस्रो पटक विजयी हुनुभएको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको विश्वासअनुसार आफूहरू कुराभन्दा बढी काम गरेर देखाउने बताउनुभएको छ ।
ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ ।
जिल्लाको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा मतदाताले आफ्नो मतदान शान्तिपूर्णरुपमा गरेका छन् । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।
मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को मतगणना जारी छ । मतगणना सुस्त भएको भन्दै उम्मेदवारहरुले गति बढाउन माग गरेका छन् ।
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट विजयी हुनु भएको छ ।
मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
नेकपा (एमाले) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र ३ (ख) का उम्मेदवार तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ ।
रुपनि वडा नम्बर–२ लौवापारकी २० वर्षीया मन्जुला सदा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । शुक्रवार बेलुकी आफ्नै काका ससुराको घरमा झुण्डिएको अवस्थामा सदा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १ को मोरङ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा (एमाले) का नेता खड्गबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँसँग संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का नेता उपेन्द्रप्रसाद घिमिरे पराजित हुनुभयो ।
निर्वाचन आयोगले शनिबार एक बजेसम्म समानुपातिक निर्वाचनको मतगणना सार्वजनिक गरेको छ । प्रत्यक्ष निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले समानुपातिक मतगणनामा पहिलो स्थानलाई निरन्तरता दिएको छ ।