अष्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अल जनोब स्टेडियममा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई १–० गोलले हरायो ।
कैलालीमा घोडाघोडी लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव शनिबारदेखि सुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गर्नुभयो ।
नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौता विपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए)विरुद्धको दोस्रो अभ्यास खेलमा जित निकालेको छ । दिल्लीस्थित अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले डिडिसिएलाई ६ विकेटले हरायो ।
मुगु निर्वाचन क्षेत्र नं. १ को (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ ।
सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो।
फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ट्युनेसियामाथि १–० गोलको अग्रता लिएको छ ।
इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा भइरहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएको छ।
भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ।
कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनु भएको छ । उहाँले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन ।
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ । पछिल्लो मत परिणामअनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभयो ।
बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदामना शनिबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई एक सय ५२ रनले हरायो ।