सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (ख) बाट गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मंगलबहादुर शाही विजयी हुनुभएको छ ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) बाटा नेकपा (एमाले) का जित बहादुर मल्ल विजयी हुनुभएको छ ।
मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ ।
समूह ‘सी’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हरायो ।
चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतबाट २०५२ पुस २५ गतेको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका व्यक्ति पक्राउ परेका हुन् ।
जनार्जन खत्रीसर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ -ख_ बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो ।उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ ।यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी -जसपा_ का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो ।मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको अन्तरले विजयी हुनुभयो । योसँगै सर्लाहीमा प्रत्यक्षततर्फ चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।समानुपातिकतर्फको भने सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी नै रहेको छ ।
सर्लाही क्षेत्र नम्बर २ बाट (नेकपा माओवादी) केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ अहिलेसम्म कुल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।
रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस नील भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धनबाट कोही उम्मेदवारले जित निकाल्न नसकेपछि कांग्रेस निल भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिनुभएको छ।
जिल्लाको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनबारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।