रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
केलियन एमबाप्पे चम्किएपछि फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।
कर्णाली प्रदेश सरकार गठनका लागि दलहरूको एकल बहुमत पुग्ने सम्भावना कम भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कर्णालीको सार्वजनिक मतपरिणामअनुसार दलहरूको एकल बहुमत नपुग्ने देखिएको हो। उसो त सत्तारूढ गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनको भागबन्डामै एकल बहुमत आउने सम्भावना छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै सरकार गठनको अड्कलबाजीसमेत भइरहेको छ।
सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्ये ३० क्षेत्रको परिणाम सार्वजनिक भएको छ। सरकार बनाउन २७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा अहिलेसम्म गठबन्धनका दलहरूले प्रत्यक्षका २० सिट जितेका छन्।
अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (ख) बाट गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मंगलबहादुर शाही विजयी हुनुभएको छ ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) बाटा नेकपा (एमाले) का जित बहादुर मल्ल विजयी हुनुभएको छ ।
मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ ।
समूह ‘सी’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हरायो ।
चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतबाट २०५२ पुस २५ गतेको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका व्यक्ति पक्राउ परेका हुन् ।