आमनिर्वाचन २०७९ को अन्तिम नतिजा आउन बाँकी भए पनि चुनावले कस्तो सन्देश दियो भन्ने प्रस्ट भइसकेको छ । ठूला भनिएका पुराना दललाई दह्रैसँंग पाठ पढाएर निर्वाचन सम्पन्न भएको छ भने नयाँ दललाई गहन जिम्मेवारी थपिएको छ । यथास्थितिबाट बाहिर निस्कन नसके दशकौँदेखि विरासत जमाउँदै आएका दलमाथि जनताले खतराको घण्टी बजाउन सक्छन् भन्ने सन्देश चुनावले दिएको छ ।
हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा र अपमान हो । यो शारीरिक, मानसिक, शैक्षिक, आर्थिक, यौनजन्य वा अन्य जुनसुकै रूपमा पनि हुन सक्छ । महिला भएकै आधारमा मानव अधिकार उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझिन्छ ।
मिचेल ड्युकको गोल निर्णायक बनेपछि अस्ट्रेलियाले शनिबार ट्युनिसियालाई १–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा सम्भावना कायम राखेको छ। उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँगको पहिलो खेल फराकिलो अन्तरले हारेपछि अस्ट्रेलियालाई प्रिक्वाटरफाइनलको सम्भावना कायम राख्न ट्युनिसियालाई हराउनैपर्ने बाध्यता थियो।
दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अमर बहादुर थापा १८ हजार २९७ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मा १७ हजार ४४७ मतमै सीमित हुनुभयो ।
विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम विश्वकप फुटबल २०२२ मा आफ्नो पहिलो खेलमा क्यानडालाई १–० ले हराए पनि सन्तुष्ट बनेको थिएन। सो खेलमा उपाधि जित्ने लक्ष्यसहित कतार आएको बेल्जियमभन्दा ३६ वर्षपछि विश्वकपमा सहभागी कतार जितको हकदार देखिएको थियो। प्रशिक्षक रोवर्ट मार्टिनेजले पनि क्यानडाविरुद्धको प्रदर्शनलाई आफ्नो प्रशिक्षकत्वमा बेल्जियमको सबैभन्दा कमजोर खेल भन्नुभएको थियो। त्यसैले मोरोक्कोविरुद्ध आइतबार खेल्दा बेल्जियमसमक्ष आफ्ना समर्थकलाई प्रभावित पार्ने अर्को अवसर प्राप्त हुनेछ।
गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आइतबार अल बायात रङ्गशालामा हुँदैछ।
महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो इनिङ हो ।
विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ ।
आकृति बिकको महिनावारीको समयमा बिचैमा स्कुल छोडेर घर जानुपर्ने बाध्यता हटेको छ । विद्यालयले स्यानीटरी प्याड दिन थालेपछि ढुक्कले उहाँ पढाइलाई निरन्तरता दिन पाउनु भएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार वेदलाई नेपाली भाषामा अनुवाद गर्नुहुने तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको छ । उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा लुइँटेलले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हाँस्यव्यङ्ग्य, कविता आदि लेख्नुभएको र उहाँको उपन्यास सङ्ख्यात्मकभन्दा गुणात्मक भएकाले नै आममानिसमा चर्चित भएको बताउनुभयो ।
हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड जित्नुभएको छ । प्रतियोगितामा मिसेस्तर्फकी सहभागिता परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन हुनुभएको हो भने मिसतर्फकी सहभागी परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जित्न सफल हुनुभयो ।
नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत चलचित्रले ५१औँ दिनको यात्रा तय गर्दै छ । चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्नलगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । नोभेम्बर २० देखि युरोपका विभिन्न सहरमा यसलाई प्रदर्शन गरिएको छ । फिल्म मध्यपूर्वी देशअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदै छ ।
महोत्तरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ ।
मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर आइपुगेको छ । त्यस्तै समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक रुझानले कुनै पनि दल वा गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त नहुने देखिएको छ । तथापि सङ्घीय सरकार निर्माणका लागि दलहरूले सुरुवाती वार्ता थालेका छन् ।
पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।