एकातिर भर्खर प्रेम गर्न थालेको प्रेमी अर्कातिर तत्कालीन राजा महेन्द्रको उतैको केटासँग बिहे ग¥यौ भने देशलाई ठूलो नोक्सानी हुन्छ भनेर सम्झाएको कुरा सम्झिँदा उर्मिला गर्ग उपाध्यायलाई हुनसम्म दोधार प¥यो । बिहेअघि नै आफैँले सर्त राखेपछि शायद उहाँको प्रेमीलाई पनि यस्तै दोधार परेको थियो होला । प्राध्यापन र समाज सेवामा लागेका कृष्णमुरारीलाई उर्मिला गर्गको सर्त सहज लागे । विदेशी भूमिमा कमाएको सुख सयल, मान सम्मान सबै छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने अठोटले समाज सेवा र कला सिर्जनामा जीवनको बाँकी जीवन बिताउँछु भन्नु सानो कुरा थिएन । झन्डै छ दशकअघि आफैँले पे्रम गरेको डा. कृष्णमुरारी गर्गलाई बिहेअघि सर्त राखेर वैवाहिक जीवनमा बाँधिने उर्मिला गर्गले आफ्ना श्रीमान्सँग त्यति समय व्यतीत गर्न पाउनुभएन ।
फल्गुनन्द नोमाङ्गेना सेवा सङ्घ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्ति तथा गुरुको पूर्णकदको सालिक अनावरण गरिएको छ । प्रदेश प्रमुख माननीय परशुराम खापुङद्धारा सालिकको अनावरण गरिएको हो ।
नयनराज पाण्डेको ‘लू’ पढ्दै गर्दा नरैनापुरबाट तरेर शङ्करपुर जान र शङ्करपुरबाट तरेर नरैनापुर आउन कठिन थाहा भयो । धरा नाकछोङले यो लाइनभन्दा अगाडि पढेन । बरु आँखा चिम्लियो । एक हुल मान्छे ओरालो झरेर नदीको किनार आइपुगेका थिए । टालेको लुगा लगाएका, कोही कछाड बेरेका, अनिकालले पेट दबिएका कुपोषित ली मान्छेहरूमध्येको एउटा पाको मान्छे अगाडि सरेर जम्लाहात गर्दै पुकारा ग¥यो, “हे जलदेवी हामीलाई पारि जाने बाटो देऊ ।”
टीकापुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का नलगाउँदै कर्णाली नदीमा ढुङ्गा सङ्कलन सुरु गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षदेखि ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक लगाएको टीकापुर पार्कपछाडिको क्षेत्रमा यसरी ढुङ्गा उठाउन थालिएको हो। नदीको किनारपट्टि उत्खनन बढेका कारण कर्णाली नदी टीकारपुरतिर सोझिइरहेका बेला टीकापुर पार्क पछाडि थुप्रिएको ढुङ्गा उठाए जोखिम बढ्ने स्थानीयवासीको भनाइ छ।
सिरहा जिल्लाको चारवटै प्रतिनिधि सभा क्षेत्रमा–एमाले जनता समाजवादी गठबन्धनले जितेको छ भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हानी पुगेको छ। सिरहा–१ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादव नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गर्नुभएको छ। सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ।
डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।
कर्णाली प्रदेश सभाका प्रत्यक्षतर्फका २४ सिटमध्ये चार जना मात्रै पुराना सांसद दोहोरिएका छन्। २० जना नयाँ अनुहार प्रदेश सभामा प्रवेशका लागि जनताबाट अनुमोदित भएका छन्। यसपालि दोहोरिने अनुहारमा कर्णालीका वन तथा वातावरणमन्त्री माओवादीबाट डोल्पा प्रदेश (क)बाट वीरबहादुर शाही, सुर्खेत क्षेत्र नं. २ (ख)बाट माओवादीका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (क)बाट नेकपा (एमाले)का यामलाल कँडेल र हुम्ला (ख)बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ।
मानव सेवा आश्रम सुर्खेतले हालसम्म १५० जनाको पारिवारिक पुनर्मिलन गराएको छ। सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरेर मानव आश्रममा ल्याइएका १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको हो। कर्णालीलाई सडक मानवमुक्त गराउने उद्देश्यले २०७५ मा सुर्खेतमा मानव सेवा आश्रम स्थापना गरिएको हो। मानव सेवा आश्रम सुर्खेतका संयोजक संजिता गौतमका अनुसार हालसम्म १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। अहिले ७६ जनाले आश्रय लिइरहेका छन्।
गत २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको साढे सात वर्ष पुग्दा विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । शिक्षा विकास समन्वय एकाइका अनुसार जिल्लामा भूकम्पबाट क्षति पुगेकामध्ये १० वटा विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जनाइएको छ ।
गत आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गरी ६९ जना उम्मेदवार रहेकोमा २४ जना उम्मेदवारको सयभन्दा कम मत आएको छ। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्यका २६ जना उम्मेदवार रहेकोमा नौ जनाले एक सयभन्दा कम मत प्राप्त गरेका छन्। आठ मत मात्र पाउने उम्मेदवारसमेत रहेका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि यसका विभिन्न आयाम तथा दृष्टिकोणबाट चर्चा–परिचर्चा हुनु स्वाभाविकै हो । यसै सन्दर्भमा यस पटकको निर्वाचनमा महिला सहभागिता, उनीहरूको विजय अभियान तथा संविधानमा व्यवस्था भएबमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषयमा चासो केन्द्रित भएको छ । प्रथमतः प्रमुख राजनीतिक दलले प्रतिनिधि सभा निर्वाचनका निम्ति प्रत्यक्षतर्फ उम्मेदवार खडा गर्ने सन्दर्भमा महिला सहभागितालाई न्यून प्राथमिकता दिए । आधा आकाश ओगट्ने महिलाका निम्ति प्रमुख राजनीतिक दलको यो अभ्यास कुनै पनि दृष्टिकोणबाट
संसदीय निर्वाचन सम्पन्न भएको छ । सातवटा प्रदेश संसद् र एउटा सङ्घीय संसद्ले जनताबाट निर्वाचित नयाँ सदस्य पाउँदै छ । मतगणनाको समापन र समानुपातिकअन्तर्गतको अन्तिम टुङ्गो लाग्दासम्म मङ्सिरको तेस्रो साता वा अन्तिम साता छुने देखिन्छ । त्यसपछि स्वाभाविक रूपमा सुरु हुनेछ, सातवटा प्रदेश र सङ्घमा सरकार निर्माणको अभ्यास । यो हिसाबले पुस महिनाबाट नयाँ जनादेशसहितको सरकारले पाँच वर्षका लागि शासनको बागडोर सम्हाल्नेछ ।
सुदूरपश्चिममा सङ्घीय नौ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजीत भएका छन् ।