फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ । नम्रता सापकोटाको प्रमुख भूमिका रहेको फिल्म कमल एक्चै मगरले निर्देशन गर्नुभएको हो ।
सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सूचना जारी गर्दै देशैभरी चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माण प्रारम्भ भएको डेढ दशक बिते पनि अझै काम सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको यस आयोजना १० वर्षमा सक्ने लक्ष्य रहेको थियो । तर, तोकिएभन्दा पाँच वर्ष बढी समय बिते पनि अझै एक तिहाई काम बाँकी रहेको छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक मत परिणामअनुसार नेकपा (एमाले) पहिलो र नेपाली काँग्रेस दोस्रो बनेको छ ।
जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक अप्रेसन सेवा सुरु भएको छ । जिल्ला अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुमपूर्वमा अप्रेसन सेवा सुरु भएको हो ।
कालीगण्डकी गाउँपालिका वडा ३ का अध्यक्षले वडा सदस्यहरुलाई थाहा नै नदिई बजेट बनाउने गरेको पाइएको छ । वडा अध्यक्ष रुपबहादुर श्रीसले वडा सदस्यहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बजेट निर्माण गर्ने गरेको वडा सदस्य तारा रानाले गुनासो गर्नुभयो ।
प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोवेल शिक्षण अस्पताल विराटनगरमा निशुल्क क्याविन सेवाको उद्घाटन गर्नुभएको छ । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टा भित्र ५० शैया क्याविन निशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हाे।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनुभएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।
झापाको बिर्तामोडमा शनिवार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलान्चोक जिल्लाको दुई प्रतिनिधि सभा र त्यसअन्तर्गतको प्रदेश सभामा उम्मेदवारी दिनुभएका उम्मेदवारमध्ये एक दर्जन उम्मेदवारले एक सय भन्दा कम मत प्राप्त गर्नुभएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र त्यस अन्तर्गतका प्रदेश सभामा गरी कुल ६४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
नेपाल बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैङ्कले शुक्रवार बुटवल उपमहानगरपालिका - ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।
अभावको अत्यासलाग्दो गुँडबाट बचेराको ममताले अभिभूत चारोको खोजीमा हुत्तिएको चरीझैँ म आइपुगेँ यो समुद्री किनारको देशमा ।
हीराजस्तै चम्कियो उसको अमूल्य यात्रा उसको मृत्युमा मृत्यु पनि मुस्कुरायो