सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः गणनाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ ।
एसियाली देश जापान कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत अहमद विन अली स्टेडियममा आइतबार भएको खेलमा जापान कोस्टारिकासँग १–० गोलले पराजित भयो ।
नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ बिजयी हुनुभएको हो ।
सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरेपछि अंशबण्डा र कित्ताकाटका लागि अदालतबाट भएको फैसलासमेत कार्यान्वयन नहुने अवस्था थियो।
वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई एक सय १३ रनले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ ।
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मङ्सिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ । रासस
उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शङ्कर झाँक्री मगरको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलीले विजयी जुलुस निकालेको छ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनु भएको छ ।
माओवादीको सदस्यता लिएको आरोपमा पक्राउ परेर चरम यातनापछि मर्यो भनेर छाडिएका चिन्तामणि भट्ट अहिले गाउँका अगुवा किसान बन्नुभएको छ ।