शारीरिक सुन्दरता तथा स्वस्थ हुनका लागि गरिने व्यायामलाई युवापुस्ताले जीवनशैली बनाएको छ । युवापुस्ता आफूलाई फेसनेबल देखाउन साथीको लहैलहैमा लागेर पनि ‘जिम हाउस’ धाउने गर्छ । पछिल्लो समयमा युवतीहरूमा ‘एरोविक’ र पुरुषहरूमा ‘जिम’ लोकप्रिय बन्दै गएको छ । युवापुस्ताले व्यायामलाई स्वास्थ्यको हिसाबको साथसाथै फेसनको हिसाबले लिने गरेको पाइन्छ । शरीरलाई स्वस्थ, तन्दुरुस्त र फेसनेबल राख्न मानिसले अनेकौँ उपाय अपनाउने युवापुस्ताले आफ्नो जीवनस्तरलाई राम्रो देखाउन यस्ता व्यायाम गर्ने गरेको काठमाडौँ इन्जिनियरिङ कलेजका जतिन लामिछाने बताउनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तरलाई अझै साँघुरो पारेको छ । आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूको स्प्रेडदर ४ प्रतिशत र विकास बैङ्क र फाइनान्स कम्पनीहरूको ४.६ प्रतिशतमा सीमित गरेको हो । पछिल्लो समय वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको भन्दै बैङ्कहरूले अत्यधिक प्रिमियम असुलिरहेको र ब्याज बढाएको भन्ने आरोप लागेका बेला राष्ट्र बैङ्कले यस्तो कदम चालेको हो । हाल ‘क’ वर्गका वित्तीय संस्थाका लागि ४.४, ‘ख’ र ‘ग’ वर्गका लागि ५ प्रतिशतको स्प्रेडदरको सीमा तोकिएको थियो । यसलाई ०.४ प्रतिशत विन्दुले कम गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न प्रेरणा मिल्ने बताउनुभएको छ । विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले मुलुकको मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुका साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
सरकारले स्थानीय तहका कर्मचारीको कार्यक्षमता अब्बल बनाउने उद्देश्यसहित विभिन्न मुलुकमा आयोजना हुने सेवा प्रवाहसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्ने भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ। सोमबार साँझसम्म छ स्थानको नतिजा आउन बाँकी छ। पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ। पराजित हुने पूर्वप्रधानमन्त्रीमा उहाँ मात्र हुनुहुन्छ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन्। ३० भन्दा कम उमेर समूहका दुई जनामा छन्। अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य हुनुहुन्छ। उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन्। ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरण संरक्षण र दिगो विकासका क्षेत्रमा अनुसन्धान गर्न कृषि तथा वन विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिनुभएको छ। आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा विश्वविद्यालयको दशौँ साधारण बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा राज्यले गरेको छ।” विदेशबाट काठको आयात हुने तर स्वदेशको उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने अहिलेको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ अध्ययन गरेर सरकारलाई सहयोग गर्न पनि देउवाले विश्वविद्यालयका अधिकारीलाई आग्रह गर्नुभयो।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् । यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका थिए । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले शुक्रबार सम्पन्न परीक्षामा ७४ दशमलव १६ प्रतिशत चिकित्सक उत्तीर्ण भएको जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनु परेको छ । हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत हुनुहुन्छ । सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित हुनुभयो । उपमहासचिव हरिबोल गजुरेलको उम्मेदवारी थिएन ।
नियमित उडानका क्रममा मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए ३२० (आरए २०१) जहाजको इन्जिन स्टार्ट नभएपछि काठमाडौँमा ग्राउन्डेड भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ११ बजे मुम्बई उड्ने तयारीमा रहेको जहाज स्टार्ट नभएपछि १५२ जना यात्रुलाई निगमको अर्को जहाजबाट मुम्बई पठाइएको छ । इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट)मा समस्या देखिएपछि यात्रुलाई अर्को जहाजबाट मुम्बई पठाइएको हो ।
क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि अन्तिममा फराकिलो हार खेपेको क्यानडा कतार विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ ।
विश्वकपको उपाधि दावेदार बेल्जियमलाई मोरोक्कोको धक्का लागेको छ । समूह समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २-० गोलले पराजित भयो ।
निर्वाचन आयोगले दोलखामा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडाको चट्टानी भीर विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर एक जना नेपाली सेनाका अमल्दार गम्भीर घाइते हुनु भएको छ ।