पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।
गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन्। भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन्।
पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तरगत दैलेखको पश्चिम क्षेत्रमा रहेको भैरवी खण्ड कालो पत्रे सुरु भएको छ । सडकको स्तरीकरण सुरु भए सँगै लामो समयदेखि कच्चीबाटमा असहज यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाविरुद्ध सोमबार प्रिक्वाटरफाइनल खेल्दा ब्राजिल र यो टिमसँग सम्बन्धित सबैका लागि भावनात्मक खेल हुनेछ। क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बन्ने भएको हो। विश्वकपबाट नै उदाएका पेलेले ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाउनुभएको छ। पेलेलाई विश्वकै सर्वकालीन महान् फुटबलर पनि मानिएको छ। ८२ वर्षीय पेलेलाई अहिले पनि विश्व फुटबलकै एक आदर्श व्यक्तित्वका रूपमा लिइन्छ। त्यसैले स्टेडियम ९७४ मा दक्षिण कोरियाविरुद्ध खेल्दा ब्राजिलका खेलाडीको मनमस्तिष्कमा पक्कै पनि पेले हुनुहुनेछ।
लियोनेल मेसीले आफ्नो १०००औँ खेलमा गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पु¥याउनुभएको छ। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै गरेका मेसीलाई विश्वको सबभन्दा ठूलो प्रतियोगिताले अहिलेसम्म लोभ्याइरहेको छ। विश्वकपको उपाधि खडेरीलाई तोड्न मेसी तयार देखिनुहुन्छ। विश्वकपको नकआउटमा पहिलो गोल गरेर मेसीले आइतबार बिहान अर्जेन्टिनालाई अस्ट्रेलियाविरुद्ध २–१ को जित दिलाउन सहयोग गर्नुभयो। खेलको ३५औँ मिनेटमा बायाँ खुट्टाको प्रहारद्वारा मेसीले बल गोलपोस्टमा छिराउनुभएको छ। अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्ड पनि विपक्षी कप्तान मेसीको प्रशंसा नगरिरहन सक्नुभएन। मेसी विशेष छन्, उहाँले भन्नुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले विद्यमान आर्थिक तथा वित्तीय समस्या समाधानका लागि आग्रह गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई सिंहदरबारमा भेट गरी महासङ्घले उक्त आग्रह गरेको हो । नेपाल राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनको विपक्षमा महासङ्घले मत राख्दै आएको छ । ब्याजको आधारदर बढाउने राष्ट्र बैङ्कको भूमिका, पुनर्कर्जा सुविधाको अवधिलगायतका विषयमा महासङ्घले फरक मत राख्दै आएको छ । प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको दाबी अर्थमन्त्री शर्मासँग गरेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत समस्या सम्बोधन गर्न नसकेको भन्दै केन्द्रीय बैङ्कको आलोचनासमेत सो टोलीले गरेको थियो ।
अफ्रिकी टोली सेनेगलमाथि सानदार जित निकाल्दै इङ्ग्ल्यान्ड कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशको विकासमा मध्यपश्चिम विश्वविद्यालय (मपवि)ले महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उक्त विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आइतबार १३औँ सभा बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी भए पनि शिक्षा र विकासका दृष्टिले मुलुकका अन्य प्रदेशको तुलनामा कमजोर रहनु दुखद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक विकासका सम्भावनालाई उद्घाटित गर्न र सामाजिक चेतना तथा जागरण बढाउन विश्वविद्यालयले महìवपूर्ण योगदान पु¥याउन सक्छ भन्ने मलाई लागेको छ ।”
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक देशका रूपमा विश्वमा परिचित रहेको बताउनुभएको छ। आइतबार इलामको माङ्सेबुङको लारुम्बामा आयोजित मुहिङ्गुम आङ्सिमाङ आत्मनन्द लिङ्देनको ६९औँ जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको नेपाललाई किराँत धर्मले शान्तिको बाटोमा हिँडाउन थप सहयोग गरेको बताउनुभयो।
सहरी विकास मन्त्रालयले काठमाडौँलगायत मुलुकभरि देखिएका सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुम्बासीको पहिचान तथा अन्य निकायसँग समन्वय गर्न समिति गठन गरी अध्ययन सुरु गरेको छ।
सङ्घीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएको छ । कोभिड–१९ का कारण भन्दै आगामी चैत मसान्तसम्म थपिएको अवधिमा पनि भवनको मूल संरचना मात्र पूर्ण हुने अवस्था रहेको छ यससँगै अबको संसद्का बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । सहरी विकास मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयले आइतबार पनि निर्माणाधीन भवनको अवलोकन गरेको छ । २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो । भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने छ ।
बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बर बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए ।
मुनाको मङ्सिर अङ्कको आवरणमा देखिएकी सानी नानी हुन आयुश्वी ढकाल । उनी चार वर्षदेखि आमाबाबाका साथमा अस्ट्रेलिया बस्दै आएकी छिन् । हाल उनी अस्ट्रेलियाको लेक मोङ्कर प्राइमरी स्कुलमा कक्षा ३ मा पढ्छिन् । नेपालमा १ कक्षा मात्र पढेकी आयुश्वीले नेपालको आफ्नो ठाउँ र पढेको विद्यालय धेरै नै सम्झिरहेकी छिन् ।
केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किएपछि साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ ।