एक पटक विदेश गएर फर्किएपछि पुनः विदेश जानु नपर्ने वातावरण बनाउन आग्रह गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाले नपालमै बसेर विभिन्न आयमूलक काम गर्न इच्छुक भएकाले त्यो वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका हुन्। ‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा केन्द्रित रहेर बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले यस्तो आग्रह गरेका हुन्। मैले गरेको लगानी डुब्दैन भन्ने वातावरण नेपालमै बनाइदिने अवस्था भएमा विभिन्न रोजगारीका कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव युवाको छ।
दोलखा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउन बारामा ४१ हजार ८३६ जना व्यक्ति आबद्ध भएको बताउनुभएको छ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा विद्यालयलाई ल्याब सामग्री वितरण गरेको छ।
रुपन्देहीका नौवटा सहकारी संस्था गाभिएका (मर्ज) छन् । सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थितिमा शनिबार बुटवलमा आयोजित सहकारी एकीकरण कार्यक्रममा ती नौ सहकारी संस्था गाभिएर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको घोषणा गरिएको हो । सार्थक, आगन्तुक, शाइन, उपदेश, उपकार, जनप्रिय, सुसन्देश शुभश्री र वरदान बहुउद्देश्यीय सहकारी संस्था गाभिएर सिद्धबाबा सहकारी संस्थामा बनेको हो ।
सानो अर्थतन्त्र भएको विपन्न मुलुक नेपालमा सर्वसाधारणलाई राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रमको निकै ठूलो महत्व रहने गर्छ। सामाजिक सुरक्षा कार्यक्रम राज्यको लोककल्याणकारी अवधारणाको कार्यान्वयनसमेत हो। जनताका निम्ति जनताद्वारा निर्वाचित सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विविध गतिविधि सञ्चालन गर्नु राज्य एवं सरकारको जिम्मेवारी तथा दायित्वका भए पनि योसँगै धेरै आर्थिक तथा सामाजिक आयाम जोडिएर आउँछन्। सक्षम राज्यले मात्र दीर्घकालीन रूपमा यस्ता लोककल्याणकारी कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ।
सङ्घ र प्रदेशमा केही भूगोलको निर्वाचन बाँकी हुँदै, मतपरिणाम नआउँदै आफू जितेको ‘घमण्ड’ अनि माओवादी अध्यक्षले भूगोल फेरेर चुनाव जितेको ‘बहाना’मा नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर बधाई दिनुभयो। भन्नुभयो होला, “एक पटक फेरि ‘ठोस’ समीक्षा गरौँ, आन्तरिक तयारीसहित योजना बनाऔँ, मिलेर केही गरौँ।”
चुनावी परिणामले नयाँ र पुराना अनुहारलाई रोचक ढङ्गले संसद्भित्र समेट्दै छ । राजनीतिभित्र झ्याङ्गिएको दलीय वितृष्णाको विकल्पमा जन्मेको फरक युवा जनमतसँग रचनात्मक युगीन धारले छुट्टै कित्ता बनाएको प्रस्ट छ। आखिर नीतिमा शब्दजाल बुन्न हाम्रो मुलुक कमजोर देखिन्न। सबैजसो दलद्वारा घोषणापत्रभित्र समृद्धि र राष्ट्रनिर्माणका आश्वासन बाँडिए। जनताले घोषणापत्रभन्दा माथि विवेक प्रयोग गरेको कुशल अभ्यास पनि यस पटक देखियो। कतिपय अवस्थामा नराम्रैभित्रको राम्रो छान्नुपरेको गुनासोका बीचमा यो निर्वाचनमा उत्साहको अभाव पनि रहिरह्यो।
अघिल्लो निर्वाचनको परिणामपछि नेपालका कम्युनिस्ट नेताहरूलाई लागेको थियो– नेपाली कांग्रेस अब पचास वर्षसम्म सत्तामा फर्कन पाउने छैन, सक्ने छैन। दुईवटा कम्युनिस्ट पार्टी मिलेर ल्याएको दुईतिहाइनजिकको त्यो बहुमतले उनीहरूमा यति धेरै दम्भ भरिएको थियो, विश्वबाटै पतन भएको कम्युनिस्ट सत्ता अब नेपालमा मात्रै रहनेछ। सत्ता सञ्चालन गर्दै गर्दा संसदीय पद्धतिबाट कम्युनिस्ट अधिनायकत्व स्थापित गराउने प्रयत्न पनि नगरिएको होइन। खासगरी अभिव्यक्ति तथा मिडिया स्वतन्त्रतालाई नियोजित गर्दै लैजाने र अरू राजनीतिक पक्षलाई निषेधित गर्ने प्रयत्न भएकै हुन्। यद्यपि तीन दशक लामो लोकतान्त्रिक
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नतिजासमेत आइसकेको छ। मङ्सिर ४ गते निर्वाचन आयोगले सम्पादन गर्ने केही औपचारिक कार्यपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुनेछ। एकै दलको बहुमत नहुँदा सरकार गठन पनि सजिलो छैन। स्थानीय तह निर्वाचनदेखि सङ्घ र प्रदेश निर्वाचनको माहोलतिर लागेकाले देशमा अर्थतन्त्रलाई योगदान पुग्ने खासै काम हुन सकेको छैन। यताका छ–सात महिनामा मूल्यवृद्धिको चाप भने उच्च हुँदै गएको छ। केन्द्रीय बैङ्कको भर्खरै आएको एउटा अध्ययन प्रतिवेदनले मूल्य वृद्धि दोहोरो अङ्क पुग्ने देखाएको छ। उपभोक्ताको आय नबढ्ने तर बजार मूल्य भने उकालो लागिरहने हो भने ठूलो दबाब सिर्जना हुन्छ। मूल्य वृद्धिको उच्च दबाबका बीच नयाँ सरकार सिंहदरबार पस्दै छ। प्रदेशका सातवटै सरकारसमेत मूल्य वृद्धिको यो दबाबबाट मुक्त हुन सक्ने छैनन्।
दोलखा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पार्नुभएको छ ।
बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ । छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैङ्क तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानीयोग्य रकमको अभावलगायतका विषयले बैङ्क तथा वित्तीय संस्थामा चुनौती सिर्जना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैङ्किङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमएफका प्रतिनिधिसमक्ष आग्रह गर्नुभयो ।
साहित्यकार किरण आचार्यद्वारा लिखित ‘जरत्कारु’ उपन्यास नेपालगञ्जमा विमोचन गरिएको छ ।आचार्यका यसअघि थारू भाषाको ‘सँपरजुवा’ कथासङ्ग्रह, कथासङ्ग्रह ‘क्यान्टोनमेन्ट’ तथा ‘अस्तित्व’ र ‘अनुभूति’ नामका दुई लघु–कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । शाश्वत फाउन्डेसनले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मीलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभयो ।
मूलपानीका सुजित कार्की विवाहका लागि कपाल प्रत्यारोपण गर्न अमेरिकाबाट नेपाल आउनुभयो । माघ दोस्रो हप्ता उहाँको विवाहको साइत जुरेको छ । अगाडिको कपाल नभएपछि बिदा मिलाएर एक महिनापहिले नै नेपाल आउनु परेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरू बेला त कपाल नहुँदा खासै चिन्ता थिएन तर विवाह पक्का भएपछि भने तालुपनाले साह्रै सताउँदो रहेछ ।”
नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने जनाएको छ । सो क्षेत्रमा विद्युत् आपूर्ति सुधार र खपत विस्तारका लागि प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्न लागिएको प्राधिकरणले जनाएको छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर, धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रका उपभोक्ताले न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या भोग्दै आएका छन् । सो क्षेत्रमा माग बढी हुने तर ३३ केभी लाइनको पूर्वाधार मात्र भएकाले उच्च माग थेग्न नसक्ने अवस्था छ ।