गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ ।
सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।
आइतबार राति जिल्लाको सदरमुकाम परासीमा घर आगलागीमा परी एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा किसानको लाखौँ रुपियाँको क्षति भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।
जनकपुर उपमहानगरपालिका –८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका -२ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ ।
दोलखा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
भाइबहिनीहरू, निर्वाचन हुँदैछ भनेर सुनेका नै छौ होला । हो, हामीकहाँ मङ्सिर ४ गते हुँदैछ । यस पटक प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको हो । यो निर्वाचनमा एक जना व्यक्तिले चारवटा मतपत्रमा मत दिनुपर्छ । पहिलो मतपत्रमा प्रतिनिधि सभाका सदस्य उम्मेदवारलाई मत दिनुपर्छ । यसरी हामीले दिएको मतबाट प्रतिनिधि सभामा १६५ जना सांसद चुनिएर आउँछन ।
झापाको हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि स्थानीय सरकारले गाउँपालिकालाई काठको पुलमुक्त बनाउने घोषणा गर्दै काम अघि बढाएको थियो। पालिकाभित्र परम्परागत काठको पुल विस्थापित गर्ने अभियानलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा ल्याइएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात/अन्तरघातको छानबिन गर्न माग गरेका छन्।
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउँदै गएको छ। दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउँदै गएको हो। आर्थिक वर्ष २०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तरता दिँदै आएको छ। पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो। कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको यस क्षेत्रका पुर्खाको भनाइ छ।
सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।