रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् ।
काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
नेकपा (एमाले) का नेता तथा सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका राजकुमार लेखीले जनताको आधारभूत समस्या समाधानमा आफूले ध्यान दिने बताउनुभएको छ । आज सोमबार यहाँ पत्रकारसँगको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ ।
सत्ता साझेदार दल जनता र मुलुकको हितलाई ध्यान दिँदै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको चार दल प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो ।
कैलालीमा विद्यार्थी विद्यालय जाने र विद्यालयबाट घर फर्कने समयमा डाइभर्सन नभएका स्थानहरुमा सडकलगायत अन्य पूर्वाधार निर्माणका कार्य नहुने भएको छ ।
कैलालीमा विद्यार्थी विद्यालय जाने र विद्यालयबाट घर फर्कने समयमा डाइभर्सन नभएका स्थानहरूमा सडकलगायत अन्य पूर्वाधार निर्माणका कार्य नहुने भएको छ ।
कोभिड सुरु भए यता बन्द भएको सवारी आवागमन पूर्वी सीमावर्ती बजार पशुपतिनगरमा पुनः सुरु भएको छ । भारतीय नम्बर प्लेटका सवारी आउन थालेपछि भारतीय पर्यटकको भरमा चलेको पशुपतिनगर बजारको आर्थिक कारोबार सहज हुने अपेक्षा स्थानीय व्यावसायीहरुले गरेका छन् ।
महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि डेढ वर्ष पहिले व्याँसका जयसिंह धामी नदीमा बेपत्ता हुनुभएको थियो ।
ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ ।
फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको बताउनुभएको छ ।
दिगो विकासको लक्ष्य हासिल गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण भएको जिकिर गरिएको छ ।
बिरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सबै महिला तथा नाबालक रहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गर्नुभएको छ ।