अहिले नेपाली अर्थतन्त्रमा ब्याजदर बढेका छन्। ब्याजदर बढे भनेर उद्योग व्यवसायीले विरोध गरेका छन्। पक्कै पनि ब्याजदरले पुँजीको लागत बढाउँछ, जसले गर्दा लगानीको प्रतिफल कम हुन जान्छ । तर अर्थतन्त्रमा समयसमयमा ब्याजदरमा परिवर्तन आइरहेको हुन्छ। अर्थतन्त्र गतिशील हुने र माग र आपूर्तिमा फेरबदल भइरहने हुँदा वस्तु तथा सेवाको मूल्यजस्तै ब्याजदर पनि परिवर्तन भइरहन्छ। ब्याजदर पनि वित्तीय साधनको मूल्य नै हो। वित्तीय साधनको माग र आपूर्तिले बजारमा ब्याजदर निर्धारण हुन पुग्छ।
सेयर बजारमा हाल चुनावी नतिजाको खासै प्रभाव पर्न सकेको देखिँदैन। बजारमा सामान्य बढोत्तरी देखिएर हाल नेप्से परिसूचकाङ्क एक हजार ९७६ दशमलव ३८ बिन्दुमा पुगे पनि तत्काल बजारमा ठूलो उछाल आउने सम्भावना भने न्यून नै छ। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको सुधार र चुनावपछि बन्ने स्थायी सरकारको आगमनपश्चात् भने बजारले माथिल्लो यात्रामा गति लिने अनुमान सहजै गर्न सकिन्छ।
गुल्मीको एक पालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति वितरण गरेको हो ।
“नेपालमा सङ्ख्यात्मक रूपमा मिडियाको विकास भए पनि पत्रकार तथा पत्रकारिताका विज्ञको कलममाथि सम्पादकीय कैँची लगाउने प्रयास गरेका छैनौँ,” पत्रकारिता क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायले २०७८/२०७९ माघ–वैशाख अङ्कमा निकालेको ‘पत्रकारिता विशेषाङ्क’को सम्पादकीय अंश हो यो । यस वाक्यले सम्पादनकर्मीको कर्म, मर्म र धर्ममाथि नै चोटिलो प्रहार गरेको छ । पत्रकारिता क्षेत्रसँगै प्रत्यक्ष सम्बन्धित संस्थाको सम्पादकीय अंश भएकाले यो भनाइ आपत्तिजनक पनि छ । उल्लिखित वाक्यले दिएको प्रत्यक्ष–परोक्ष सन्देश हो– नेपालका पत्रकार सम्पादक जथाभावी कैँची चलाउँछन्, हामीले त्यसो गरेका छैनौँ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७९ का अनुसार नेपाल सरकारले अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको छ। जसमध्ये बौद्धिक अपाङ्गता पनि एक हो। जन्मजात वा जन्मपश्चात् वा विभिन्न कारणले १८ वर्षको उमेरभन्दा पहिला बौद्धिक विकास नभएको वा उमेर तथा वातावरणअनुसार क्रियाकलाप गर्न कठिनाइ हुने अवस्था नै बौद्धिक अपाङ्गता हो। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ का अनुसार मानिसको उमेर वृद्धिसँगै बौद्धिक चिन्तनको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्था नै बौद्धिक अपाङ्गता हो भनेर परिभाषित गरेको छ।
पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुटाएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ ।
सरकारले महाकाली नदीको धार परिवर्तन हुनेगरी बनाइरहेको संरचनाका सन्दर्भमा सरकारले भारतसँग कूटनीतिक संवाद अघि बढाउने प्रस्ट पारेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताउनुभएको हो। उहाँले भन्नुभयो, “केही समस्या छन् भने तिनीहरूलाई हामीले कूटनीतिक ढङ्गले हल गर्नुपर्छ, सरकारको धारणा त्यही नै हो।”
सुन पसलमा छाया बैङ्किङ कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएको हो। सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढङ्गबाट छाया बैङ्किङ कारोबार गरी ठगी गरेको आरोपमा प्रहरी सञ्चालक राजु विश्वकर्मालाई गत कात्तिक २७ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
मोरङको पूर्वाञ्चल विश्वविद्यालयले माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। हाल आंशिक रूपमा अस्पताल सञ्चालन हुँदा मेडिकल कलेज सञ्चालन गर्न समस्या भएको भन्दै विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको हो। पूर्वाञ्चल विश्वविद्यालयको सभा कक्षमा सोमबार आयोजित पत्रकार भेटघाटमा मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले अस्पताल सञ्चालनका लागि सम्पूर्ण सहयोग गर्ने बचन दिनुभएको छ। शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो। शर्माले भन्नुभयो, “कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन। त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो।”
महिला पत्रकारमाथि इन्टरनेटका विभिन्न माध्यमबाट हिंसा भइरहेकाले महिला पत्रकारका लागि अनलाइन सुरक्षा नीति बनाउनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूहले सोमबार राजधानीमा आयोजित ‘पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका’सम्बन्धी अन्तिम चरणको छलफलमा सहभागी पत्रकार महिलाले यस निर्देशिका छिट्टै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्र्ने भएको छ । नेपाल मेडिकल शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य उपचारमा यहाँका स्थायी बासिन्दालाई सहुलियत व्यवस्था गरेको नगरपालिकाले जनाएको हो । स्वास्थ्य सहुलियतअन्तर्गत ज्येष्ठ नागरिकलाई एक लाख रुपियाँसम्मको कुल खर्चमा ४० प्रतिशतसम्म अस्पतालले छुट दिनेछ र ३० प्रतिशत नगरपालिकाले बेहोर्नेछ भने बाँकी ३० प्रतिशत सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसिरहेका अव्यवस्थित बसोबासीको विकल्पसहित समाधान खोजिने बताउनुभएको छ । सहरी विकासमन्त्री चौधरीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउन पुगेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीसँगको भेटमा उहाँले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले समिति नै गठन गरी काम अगाडि बढाएको बताउनुभयो ।
चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।
प्युठान नगरपालिका वडा ६ माझकोट गुरुङ गाउँमा २५ जनाभन्दा बढी गाउँले अचानक बिरामी भएका छन् । बिरामीहरूलाई उपचारका लागि चार वटा एम्बुलेन्समार्फत प्युठान अस्पताल ल्याइएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताउनुभयो ।
जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै ।