एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ ।
धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते र अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।
मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ।
विवादकाबीच लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलबाट दाङ सारिएको छ । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अत्याधुनिक नयाँ भवनमा सरेको छ । साबिक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार रुपियाँको लागतमा सुविधा सम्पन्न भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
बिहेको भोज खाएपछि पाल्पाको बगनासकालीस्थित चिर्तुङधारा ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बगनासकाली–१, चिर्तुङधारा स्थित घोर बन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोर बन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलवासी बिरामी परेका हुन् ।
भनिन्छ, ईर्ष्या गर्नु हुँदैन । धर्मशास्त्र यही भन्छ, धर्मगुरु यही भन्छन्, घरपरिवार यही भन्छन्, समाज यही भन्छ तर ईर्ष्या नगरी बस्न भने कोही पनि सक्दैनन् । किन कि यो मानवीय स्वभाव हो । मानिसको जन्मजात छवटा गुणमा यो पनि पर्छ, जुन जन्मसँगै आउँछ र जीवनपर्यन्त साथै रहन्छ । त्यसैले ईष्र्या गर्नुहुन्न भन्ने होइन गर्नुपर्छ भन्ने हो तर व्यक्तिको होइन उसले गरेको कामको । व्यक्तिको ईष्र्या गर्न थाले चौपट हुन्छ, काम गर्न थाले प्रगति गर्न सकिन्छ ।
नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो ।
वीरेन्द्रनगरको मुख्य बजारको सडक विस्तारको काम सुस्त देखिएको छ। लामो समय भइसक्दा पनि मङ्गलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति लिन सकेको छैन।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अछाम जिल्ला कमिटीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको पराजयको कारण खोज्न थालेको छ।
बाढीपहिरोका कारण भत्किएका बाजुराका झन्डै नौवटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेका छैनन्। ती पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती परेको छ।
पश्चिम नेपालको तीनवटा प्रदेशको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क)मा रगतको मौज्दात न्यून हुँदा समस्या उत्पन्न भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेकाको प्रमुख उपचार केन्द्र बनेको नेपालगञ्जमा रगत अभावले गम्भीर अवस्थाका बिरामीलाई समस्या हुन थालेको हो। रक्तसञ्चार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले चाडपर्वलगत्तै निर्वाचन हुँदा संस्थागत रक्तदानका कार्यक्रममा कमी आउँदा रगतको अभाव भएको बताउनुभयो। “हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “संस्थाहरूले नियमित रक्तदान गराउने र अभावको समस्या समाधान गर्ने आश्वासन दिएका छन्, आशा छ छिट्टै समाधान हुनेछ।”