संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिले आफूहरूले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनु भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरूले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता जनाउनु भएको हो।
कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।
नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरेर तत्काल जेलबाट रिहाइ गर्न सरकार समक्ष माग राखेको छ ।
जेठ १५ गते मुस्ताङमा २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका अवशेषहरू सङ्कलन गर्न थालिएको छ । सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।
मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाउनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्नुको विकल्प नभएको बताउनुभएको छ ।
बाजुरामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याएर नेपाली कांग्रेस पहिलो बनेको हो ।
पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।
पछिल्ला केही महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानीय तहमा रेबिज रोगको आतङ्क सुरु भएको छ । गत साउन महिनाको दोस्रो साता जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङ आरनटोलमा रेबिजको आतङ्क फैलिएको थियो ।
कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । गाउँभरी लटरम्म सुन्तला फलेका छन् ।