आर्थिक वर्षमा बनाइसक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताउनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ।
मोरङको सुन्दरहरैचा १० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ।
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री प्रथम स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले ६ अन्डर ६२ खेल्नुभयो ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको छ ।
निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताउनुभएको छ।
चार पटकको विश्वकप च्याम्पियन जर्मनीका लागि कतारमा जारी विश्वकप फुटबल विर्सनलायक बन्यो । उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिनुभएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।