व्यास नगरपालिका–५ पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिम परेको बस्तीको सुरक्षाको लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्यको सुरु भएको छ ।
अर्जेन्टिनाका स्ट्राइकर पाउलो डिबालाले मङ्गलबार आफ्नो इन्स्ट्राग्राममा लियोनेल मेसीसहितको तस्बिर राखेर आफ्नो हाँसो कायम राख्दै अगाडि बढौँ भन्ने पोस्ट गर्नुभएको छ।
दक्षिण कोरियाका पोर्चुगली प्रशिक्षक पल बेन्टोले ब्राजिलसँगको हारपछि आफ्नो पदबाट राजीनामा दिने जानकारी दिनुभएको छ। ५३ वर्षीय प्रशिक्षक बेन्टो सन् २०१८ को अगस्टमा दक्षिण कोरियाली फुटबल टिमको प्रशिक्षक नियुक्त हुनुभएको थियो। उहाँले आफूले टिम छोड्ने जानकारी दक्षिण कोरियाको फुटबल सङ्घ र खेलाडीहरूलाई दिइसकेको र यो सही समय भएको बताउनुभयो। दक्षिण कोरियाले यस विश्वकपमा बेन्टोको प्रशिक्षकत्वमा उहाँकै देश पोर्चुगललाई २–१ ले हराएर नकआउट चरणमा स्थान बनाएको थियो।
स्वीट्जरल्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक रंगशालामा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलले हरायो ।
लिम्बू जातिको महान् चाड चासोक तङ्नाम (उधौली पर्व)का अवसरमा मोरङको उर्लाबारी–९, आम्बारीमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। किराँत याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम्म चासोक तङ्नाम मनाउन लागिएको हो। चासोकलाई उत्सवका साथ मनाइने तयारी गरिएको किराँत याक्थुङ चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले जानकारी दिनुभयो।
१. मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपलिका कुन हो ? सुरुङ्गा सप्तरीको सुरुङ्गा नगरपालिका वि.सं. २०७९ मङ्सिर १४ मा बालविवाहमुक्त नगरपालिका घोषित भएको । नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका–२०७९ मा उल्लिखित ९० प्रतिशतभन्दा बढी अङ्क हासिल भएपश्चात् बालविवाहमुक्त नगर घोषणा गरिएको । नगरमा विवाहका घटनाको तथ्याङ्क तथा अभिलेख चुस्तदु
संविधानमा राज्यशक्तिको बाँडफाँट १. तलब भनेको के हो ? निजामती कर्मचारीको तलब भत्ता पुनरवलोकन सम्बन्धमा के कस्तो व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस्। सरकारद्वारा प्रस्तुत सेवा, सर्त तथा सुविधामा मञ्जुरी जनाई राष्ट्रसेवा गर्ने तीव्र इच्छासहित सरकारी सङ्गठनमा प्रवेश गर्ने व्यक्तिहरू कर्मचारी हुन्। आफूलाई सुम्पेको काम गरेबापत प्रचलित कानुनअनुसार कर्मचारीले प्राप्त गर्ने पा
प्रदेश १ ले नेपालको कुल अर्थतन्त्रमा १५.७ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले तयार गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’का अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा सात खर्ब ६३ अर्ब हुने देखाएको हो ।
सफा भान्सा र विद्युत् खपत विस्तारका लागि सरकारी प्रयासका रूपमा अगाडि सारिएको इन्डक्सन चुलो वितरण कार्यक्रम नै अन्योलमा परेको छ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क र विभिन्न स्थानीय निकायसँग साझेदारीमा सहुलियतपूर्ण दरमा सर्वसाधारणलाई लक्षित गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गत आर्थिक वर्षमै सम्पन्न गर्ने गरी दुई कार्यक्रम ल्याएको थियो । तर, इन्डक्सन चुलो आपूर्तिकर्ताको बदमासीले अहिले सो कार्यक्रम नै अन्योलमा परेको छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा थप भएका नयाँ राष्ट्रिय दल र अन्य दलसमेतका लागि सिंहदरबार परिसरमा रहेको हेलो सरकार कक्षमा संसदीय दलको कार्यालय निर्माण गर्ने भएको छ। सचिवालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहिलो तला माग गरे पनि मन्त्रालयहरूले संसद्लाई दिन अस्वीकार गरेपछि हेलो सरकार कक्षमा दलको कार्यालय व्यवस्थापन गर्न लागिएको हो। हेलो सरकार कक्ष उपयोग गर्न सिंहदरबार पुनर्निर्माण समितिले अनुमति दिइसकेको छ। हेलो सरकार कक्ष भने प्रधानमन्त्री कार्यालय परिसरमै सर्नेछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति खारेजीबारे सरकारले पुनरवलोकन गर्ने बताउनुभएको छ। उहाँले समितिको औचित्य र आवश्यकताबारे मुख्यसचिव तथा सरोकारवाला निकायका अधिकारीसँग छलफल गरी निर्णय लिने बताउनुभयो। काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको टोलीसँग प्रधानमन्त्री देउवाले मङ्गलबार समिति खारेज गर्ने निर्णय, त्यसको औचित्य तथा आवश्यकताबारे छलफल गरी निर्णय लिने बताउनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो।
पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफँै खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ।
आर्थिक वर्षमा बनाइसक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताउनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।