पाल्पाको २१६ वर्ष पुरानो ऐतिहासिक अमरनारायण मन्दिरको जीर्णोद्वारको कार्य सुरु भएको छ । जीर्ण मन्दिरको दोस्रो तल्लाको छानो खसेको सात महिनापछि जीर्णोद्वारको काम सुरु भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकको निर्माणका लागि पुनः म्याद थपिएपछि निर्माण कार्यले तीव्रता पाउन थालेको छ। निर्माण सुरु गरिएको ४२ महिनासम्म सम्पन्न हुन नसकेको सो सडकखण्ड अब भने पूरा हुने आशा गरिएको छ। यस ४२ महिनामा १८ प्रतिशत मात्र काम भएको थियो। सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्ड सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो।
धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था गरेको छ। अस्पतालले आँखा जँचाउन आउनेजाने बिरामीका लागि ई–रिक्साको निःशुल्क व्यवस्था गरेको हो। आँखा जाँच गराउने आउनेहरूलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हीरामणि शर्माले बताउनुभयो। उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस् भनेर यो व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
काठमाडौँले कर्णाली प्रदेशलाई विकट, दुर्गम तथा पिछडिएको प्रदेशका रूपमा चित्रण गरेको पाइन्छ। यो चित्रण अर्धसत्यमा आधारित भन्न सकिन्छ। कर्णाली प्रदेश भौगोलिक दृष्टिकोणबाट दुर्गम एवं विकासका दृष्टिकोणले पछि परेको यथार्थ भए पनि यस प्रदेशका अन्य विशेषता कमैले मात्र मनन गरेका छन्। कतिपय हिसाबले कर्णाली नेपालकै सबैभन्दा अनुपम उर्वर भूमिसमेत हो तर त्यसको लाभ नेपालले पाउनुपर्ने थियो। पूरै देश त के स्वयं कर्णालीबासीले समेत कर्णालीबाट पाउन सक्ने वातावरण बनेको छैन। नेपाली भाषाको उद्गम स्थल अनि खस संस्कृति सभ्यताको केन्द्र मात्र नभएर अमूल्य जडीबुटी र फलफूलको भण्डारसमेत हो पूरै कर्णाली। कर्णालीका यी सम्भावना तथा अवसरलाई मुलुकले नै पहिचान गर्न नसक्दा र आवश्यक पूर्वाधारको विकास नगर्दा देश नै पछि परिरहेको छ।
विशेषज्ञ डाक्टरद्वारा विशेष स्वास्थ्य उपचारका लागि रुकुमपूर्वक जिल्लावासीलाई शिविरकै भर पर्नु परेको छ । जिल्लाको ठाउँ–ठाउँमा स्वास्थ्य इकाई, स्वास्थ्य चौकी सहित एक प्राथमिक स्वास्थ्य केन्द्र कोल र एक रुकुमपूर्व अस्पताल रुकुमकोट रहेको छ ।
राज्य र जनताबीचको सम्बन्धको अभिव्यक्ति हुने मुख्य माध्यम सार्वजनिक सेवा हो। सार्वजनिक सेवा प्रवाह राज्य र जनताबीच भेट हुने सङ्गमस्थल हो। त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख र अनिवार्य दायित्व हो। राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ। यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ। सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्छ। सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको समेत प्रतिविम्ब दिने गर्छ।
जाडो बढेसँगै बाँकेमा मौसमी फ्लु, रुघाखोकी, कोल्ड डायरिया र निमोनियाका बिरामीहरू बढ्दै गएको विभिन्न अस्पतालले जनाएका छन् ।
राष्ट्रिय सम्पदामा सूचीकृत बागमती नदी किनारामा जबरजस्त बसेका मानिसले भर्खरैको घटनामा काठमाडौँ महानगर प्रहरीमाथि आक्रमण गरेका कारण दुई दर्जन नगर प्रहरी घाइते भए, प्रहरी पनि घाइते भए। यस्तो दूर्दशा आउनुको प्रमुख कारण राष्ट्रिय सम्पदालाई अनाधिकृत कब्जा गर्ने मानिसलाई भोट सुरक्षित गर्न मात्र नेताहरूले दिएको गैह्रकानुनी आश्वासन रहेको पुष्टि हुन्छ। गलत रूपले गाउँ सहरमा आफन्तका नाउँमा घरजग्गा राख्ने अनि आफू सुकुम्बासी बनेर राजनीति गर्नेहरूको पनि बिगबिगीसमेत रहेको यथार्थलाई चिन्न नसकेर नेताको आश्वासन पाएका मानिसहरूको समूहलाई नियन्त्रण गर्न सरकार नरम हुनु भनेको सार्वजनिक जग्गाको चरम दुरुपयोग हो।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा मंगलबार राति घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको हो ।
कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न आग्रह गरेको छ । दूतावासले एक सूचनामार्फत श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भए कानुनअनुसार पाउने सेवा सुविधाबाट वञ्चित हुने भन्दै अवधि सकिनुअघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।
कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाल्नुभयो। नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा नेमारले गोल पनि गर्नुभयो।
जिल्ला अस्पताल मुगुले आर्थिक वर्षमा २०७९/८० मा सम्पादन गर्ने कार्य योजना सार्वजनिक गरेको छ । अस्पतालले मंगलबार कार्य योजना सार्वजनिक गर्दै लक्ष्य अनुसार काम सम्पादन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग मङ्गलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग छलफल गरी समाधान निकाल्ने बताउनुभयो । त्यस्तै उहाँले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता पनि जनाउनुभयो ।
डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।