सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् ।
नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।
रामपुरकी कमलाको दुई सन्तान थिए । छोरी सुनिता र छोरा सुरेश । सुनिता चार कक्षामा पढ्थी । दाजु सुरेश ६ कक्षामा । उनीहरूको बुवा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोमा लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । उ घरमा एकछिन बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हेर्ने कहिले गितार बजाउने गर्दथे तर सुनिताको केटी साथी कोही पनि थिएन ।
भूकम्पले क्षति पुर्याएपछि राहतका लागि विभिन्न दाताले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, शिखरपुरमा निर्माण गरिदिएका ४६ घरसहितको नमुना माझी बस्ती अहिले उपयोगविहीन भएको छ ।
सिन्धुली जिल्लाका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमा हिउँदे मौसम सुरुसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थल सिन्धुलीगढी, पञ्चकन्या पोखरी, माईस्थान, हरिहरपुरगढी, माईस्थान शिरलगायतका ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको छ । पूर्वाधार विकास निर्माणसँगै यातायात सुविधा भएकाले पछिल्लो समय त्यस्ता ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको स्थानीयले बताएका छन् ।
कतारमा जारी २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
जडीबुटी सङ्कलन तथा प्रशोधन व्यवसाय केन्द्रको भौतिक संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको उक्त संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन। सो संरचनाको निर्माण ११ वर्षअघि थालिएको थियो।
गुराँस गाउँपालिकाले पानीको मुहान संरक्षण र नयाँ आयोजनाको सर्वेक्षण कार्यक्रम अघि बढाएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा गाउँपालिकाले बृहत् खानेपानी योजना निर्माण गर्न सर्वेक्षण कार्य सुरु गरेको हो। गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीका अनुसार एक घर एक धारा निर्माणका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग छलफल गरी गाउँपालिकाभित्र रहेका पानीको मुहानको खोजी र नयाँ योजनाको सर्वेक्षण थालिएको हो।
यातायात व्यवस्था कार्यालयले सञ्चालन गर्ने आईडीएल सफ्टवेयरमा देखिएको समस्याका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुन सकेको छैन। साउन महिनाबाट लाइसेन्स वितरण गर्ने अनुमति पाएको यातायात व्यवस्था कार्यालय दिपायल र डडेल्धुराले हालसम्म लाइसेन्स वितरण गर्न सकेको छैन।
प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रहेको सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट १७ जना महिलाको प्रदेश सभामा प्रतिनिधित्व हुँदै छ। प्रत्यक्षमा महिलालाई टिकटबाट वञ्चित गरेका राजनीतिक दलहरूले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट १७ जना महिलालाई प्रदेश सभा सदस्यका लागि छान्न लागेका हुन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हालै सञ्चालन भएको नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृहमा एक महिलाले बच्चा जन्माउनुभई पहिलो सेवा लिनुभएको छ ।
दाङ देउखुरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्न थालेको छ। स्थानीय सरकारले समयमै ठेक्का लगाई उत्खननको अनुमति नदिएकाले अवैध उत्खनन बढ्न थालेको हो। भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नखोल्दा सेवाग्राही मर्कामा परिरहेका छन्। यता विचौलियाले अवैध उत्खनन गर्दा राजस्व गुमेको छ।
झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा चर्चा कमाएको बागलुङमा फेरि एउटा लामो तथा अग्लो झोलुङ्गे पुल थपिएको छ। बागलुङ नगरपालिका–४, कुँडुले फाँटदेखि म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर जोड्ने ढोडेनी खोलामाथिमा ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण गरिएको हो। यसअघि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो र अग्लो झोलुङ्गे पुल (गण्डकी गोल्डेन ब्रिज) निर्माण गरिएको थियो। ढोडेनी खोलामा पुल निर्माण भए पछि एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा सीमित भएको छ। बर्खामा खोला तर्न र घुमाउरोबाटो धेरै समय खर्च गरेर हिँड्नुपर्ने समस्याको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो।