बाँकेमा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा शून्य नतिजा ल्याएको नेकपा (एमाले) ले ६ महिनापछि भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ ।
सर्वोच्च अदालतमा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।
जोगबनी हुँदै विराटनगरसँग जोडिएको नाकामा रहेको सय वर्षअघि निर्माण भएको पुल एक वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको छ । भारतको बिहारमा रहेको मीरगन्ज पुल हिजो मंगलबारबाट पुनः सञ्चालनमा आएको हो ।
सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ ।
साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ ।
बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिका भित्र बच्चा जन्मिने बित्तिकै उनीहरूको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।
रानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ ।
कैलाली सदरमुकाम धनगढीबाट सञ्चालित यातायात व्यवसायीले सार्वजनिक बस तथा मिनिबसमा अपाङ्गता भएका व्यक्तिलाई आरक्षण र छुट नदिने बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोवासीको अभिलेख राख्न थालेको छ । जसका लागि बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् ।
नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।
रामपुरकी कमलाको दुई सन्तान थिए । छोरी सुनिता र छोरा सुरेश । सुनिता चार कक्षामा पढ्थी । दाजु सुरेश ६ कक्षामा । उनीहरूको बुवा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोमा लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । उ घरमा एकछिन बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हेर्ने कहिले गितार बजाउने गर्दथे तर सुनिताको केटी साथी कोही पनि थिएन ।