पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार निर्माण हुनेभएको छ ।
बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार एक जनाको मृत्यु भएको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।
सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
भेटेनरी डाक्टर सञ्जय श्रेष्ठलाई जागिरका लागि धेरै अवसर आयो । पुर्ख्यौली पेसा कुखुरा पालन गर्दैआएका डा. श्रेष्ठ जागिरभन्दा कृषि पेसामा रमाउनुभयो ।
सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मङ्सिर २० गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।
दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका ग्रामीण क्षेत्रबाट अधिकांश पुरुषहरू कामका लागि भारत जाने गरेका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसानलाई तोरीको उन्नत बिउँ वितरण गरिएको छ। तोरी बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई उन्नत तोरीको बिउँ वितरण गरिएको हो।
पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मिसिनले बनाइन्छ ।
बिहीबार हुने १९ औँ राष्ट्रिय ज्यापू दिवसको मूल समारोहका सबै तयारी पूरा ज्यापू संस्कृति विकास कोषले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई ३५ दिनभित्र कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ ।
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलले मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ।
नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।