सप्ताहव्यापी विविध कार्यक्रमसहित २८ औँ काठमाडौं महानगर दिवसका कार्यक्रम आयोजना हुँदैछन् । मङ्सिर २३ गते महसुस यात्रा र विशेष सरसफाइबाट औपचारिक रूपमा सुरु हुने कार्यक्रम २९ गते वसन्तपुरमा आयोजना हुने मूल समारोहसँग समापन हुनेछन् ।
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैँचीको योगदान एक नम्बरको भएको भएको निष्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औँल्याइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको हवाई सेवालाई विस्तार र प्रभावकारी बनाएर लाने बताउनुभएको छ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ।
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।
पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्याफ्टिङ सेवा हिउँद लागेसँगै सञ्चालनमा ल्याएको छ । मङ्सिर दोस्रो साताबाट सुचारु भएसँगै तमोरमा यस वर्षको हिउँदे र्याफ्टिङमा हेलिइन चाहनेको आवागमन बढ्न थालेको छ ।
पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर ।
बागलुङ नगरपालिका –३ र ४ उपल्लो पाखाथर बस्तीको घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन् । खानेपानी अभाव भोग्दैआएका पाखाथरवासीको सुविधालाई लक्षित गरी नगरपालिकाले लिफ्ट प्रविधिको प्रयोग गरी खानेपानी सुविधा विस्तार गरेको हो ।
कैलालीस्थित कर्णाली नदीमा तरङ्ग रेकर्ड गरेर डल्फिनको वैज्ञानिक अध्ययन गरिएको छ।
नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बन पत्रलाई निष्प्रभावी बनाएर सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएको निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । आयोगद्वारा तयार गरिएको २०७८-७९ को वार्षिक प्रतिवेदन आज बुधबार बुझ्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।