दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ।
विश्व घटना तथा परिस्थितिले विभिन्न मुलुकको अर्थतन्त्रले दबाब खेपिरहनुपरेको छ। विशेषगरी रुस तथा युक्रेनको जारी युद्धले विश्व अर्थतन्त्रको असहजताको आगोमा घिउ थपिरहेको छ। व्यापार असन्तुलनले वैदेशिक मुद्रा सञ्चितिमा देखिएको कमीलगायतका कारणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको अर्थतन्त्रले विशेष सतर्कता अपनाउनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ। सही परिस्थितिको सही आकलन तथा सतर्कता अपनाउन नसक्दा दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले निकै ठूलो आर्थिक
निर्वाचनपछिको राजनीतिलाई लिएर विभिन्न आकलन र पटाक्षेप गरिँदैछन्। संसद् कस्तो बन्ने भयो भन्नेचाहिँ स्पष्ट खाका आइसकेको छ। यस पटक केही नयाँ दलको प्रवेश भएको छ। यसअघि आफ्ना सामाजिक, पेसागत अनि सार्वजनिक जीवनमा सघन बहस गरेका तथा सशक्त अभियान उठाएका केही व्यक्तिसमेत संसद्मा पुगेका छन्। युवा र कुटिल वाककलाले सजिएका थुप्रै व्यक्ति सांसदमा निर्वाचित भएका छन्। संसद् हलको बहस गरमागरम, निकै रोचक र घोचकसमेत हुने सङ्केत आइसकेको छ। संसद् हलभित्र धुवाँदार चिन्तनमन्थन र शास्त्रार्थ सुन्न पाइने आभाष हुँदैछ। वि
गत मङ्सिर ४ मा भएको आमनिर्वाचन–२०७९ को सम्पूर्ण परिणाम प्राप्त नभइसके पनि यस निर्वाचनले केही मात्रामा परिवर्तनको बाटो देखाएको छ तर सरकार निर्माणमा भने अन्योल र भावी सरकारको स्थिरतामा शङ्का उत्पन्न गराएको छ। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन एकातिर थियो भने नेकपा (एमाले) केही स्थानमा जसपा र राप्रपासँग तालमेल गरे पनि धेरैजसो स्थानमा एक्लै चुनावमा होमिएको थियो।
मानव अधिकार भन्नाले मानिसलाई मानव भएर बा“च्नका लागि चाहिने न्यूनतम अधारभूत अधिकारको समष्टिगत रूप हो। यी अधिकारहरू सर्वमान्य, जन्मसिद्ध, नैसर्गिक, अविभाज्य तथा अपरिहार्य छन्। मानव अधिकारलाई मौलिक अधिकार, आधारभूत स्वतन्त्रता, आधारभूत अधिकार, संवैधानिक अधिकार, प्राकृतिक अधिकार, नागरिक अधिकार आदि पनि भन्ने गरिन्छ।
वि.सं. २०१६ मा स्थापित त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । विश्वकै ठूलो विश्वविद्यालयमध्ये एक रहेको यो विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै छाप स्थापित गरिसकेको छ । नेपालमा उत्पादित भएका दक्ष जनशक्तिहरू यतिबेला विश्वका विभिन्न कुनाकाप्चामा कार्यरत छन् । विश्वमा कोभिड १९ फैलिँदासमेत त्रिविले वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएको थियो । गतवर्ष कोरोना महामारीका बीच दीक्षान्त समारोह मनाएको विश्वविद्यालयले मङ्सिर २३ गते आफ्नो ४८औँ दीक्षान्त समारोह मनाउँदैछ । विभिन्न आरोहअवरोह पार गर्दै त्रिविले आफ्नो छविलाई अझै प्रगाढ बनाउंँदै विश्वस्तरमा रहेका अन्य विश्वविद्यालयसँंग प्रतिस्पर्धा गर्दै अब्बल बन्ने दाउमा त्रिवि अघि बढिरहेको छ ।
‘न्याय सम्मान र मर्यादित रोजगार, हामी सबैको सहकार्य’ भन्ने मूल नाराका साथ चौधौँ मानव अधिकार महाभेला आयोजना गरिने भएको छ । यही मङ्सिर २२ देखि २८ सम्म काठमाडौँमा सञ्चालन गरिने महाभेलाको उद्देश्य राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु रहेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
मीठो परिकार यःमरी र यःमरी पुन्हि (पूर्णिमा)बारे चित्रकलाको माध्यमबाट बुझाउन मङ्सिर १५ गतेदेखि ‘यःमरी पुन्हि सप्ताह’को आयोजना गरिएको छ । उक्त कार्यक्रम यःमरी पुन्हिको दिन २२ गते समापन हुनेछ ।
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २०औँ शृङ्खला आज (बिहीबार)बाट सुरु हुँदैछ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने यस महोत्वसमा ३० देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ । किम्फको उद्घाटनमा कर्णाली प्रदेशस्थित जाजरकोटको मह सिकारीको कथा समेटिएको चलचित्र ‘बाघको बङ्गारा’को प्रिमियर हुनेछ । यस संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ । दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइनेछ ।
कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाउनुभएको छ । स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्नुभयो। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बन्नुभएको छ। रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।
कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नु हुने भएको छ ।
लामो समयको चर्चा र प्रतीक्षापछि सरकारले ‘हेजिङ’सम्बन्धी काम गर्ने संस्थालाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै ‘हेजिङ’ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न सूचित गरेको हो । हेजिङ नियमावली, २०७९ अनुसार नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले हेजिङ सुविधा प्रदान गर्न सक्छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा लाखौँ रुपियाँको उखु क्षति भएको छ । प्रतापपुर–५, बसहियाका बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुरका सात किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
कोभिड–१९ को कहरले थला परेका ह्याचरी उद्योग अहिले बैङ्क ऋणको ब्याज र उत्पादित चल्ला बिक्री नभएपछि थप सङ्कटमा छन् । यही सङ्कटले अहिले ह्याचरी उद्योग बन्द हुन थालेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष एवं नेपाल पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष टीकाराम पोख्रेलले देशैभरि रहेका झन्डै तीन सय ह्याचरी उद्योगमध्ये अहिले सयवटाले मात्रै उत्पादन गरिरहेको जानकारी दिनुभयो । “अहिले धमाधम उद्योग बन्द भइरहेका छन् । चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द गर्नुको विकल्प रहेन,” उहाँले भन्नुभयो ।