अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ।
तनहुँको एक पालिकाले सडकको नयाँ ट्र्याक खोल्न प्रतिबन्ध गरेको छ । भिमाद नगरपालिकाले नयाँ सडक ट्र्याक खोल्न प्रतिबन्ध लगाएको हो ।
बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ।
पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् ।
बेनी बजारमा रहेका वर्षौँ पुराना चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका ७ को बजार क्षेत्रभित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत सम्भार गरेर चिटिक्क पारिएको हो । पुराना चौतारीको संरक्षण अभियानमा वडा कार्यालय जुटेको छ ।
बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो ।
बिहेको भोज खाएर दुई सय जनाभन्दा बढी मानिस बिरामी भएका स्थानमा दूषित पानीको प्रयोग भएको पाइएको छ । बिहेको भोजमा प्रयोग भएको पानीमा कोलिफर्मको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिज बस्ने हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । आगलागीले लाखौँ रुपियाँ बरावरको क्षति भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्सिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दशरथ रङ्गशालामा शनिबारदेखि सुरु हुने यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।
नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा आज (बिहीबार) नेपालले बलियो टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ कांग्रेसले नै बढी सिट ल्याएको छ ।
एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।