इङ्ग्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङ पुनः विश्वकप टिममा फर्किनुभएको छ। इङ्ग्ल्यान्डमा रहको आफ्नो घरमा चोरी भएपछि परिवारलाई साथ दिन चेल्सीका फरवार्ड स्टर्लिङ विश्वकपलाई बीचमै छोडेर घर फर्कनुभएको थियो। जसले गर्दा अन्तिम १६ मा सेनेगलविरुद्ध उहाँले खेल्न सक्नुभएन तर फ्रान्सविरुद्ध हुने खेलका लागि स्टर्लिङ इङ्ग्ल्यान्डको टिममा फर्कनुभएको छ। एपी
मुलुकमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको जय पराजयको चर्चा परिचर्चा सेलाउन नपाउँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि एक पटक सञ्चारमाध्यममा छाउनुभएको छ । उहाँको निलम्बन निष्प्रभावी भएको प्रतिनिधि सभाका महासचिवको बुधबारका पत्रले नयाँ तरङ्ग सिर्जना गरेको छ । प्रतिनिधि सभाका सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत दलका ९८ सांसदद्वारा महाभियोग प्रस्ताव दर्ता गरिएपछि प्रधानन्यायाधीश जवरालाई २०७८ साल फागुन १ गतेबाट प्रधानन्यायाधीशका रूपमा कार्य सम्पादन गर्न नपाउने भनी निलम्बन गरिएको थियो । विविध कारणले महाभियोग सम्बन्धमा सुनुवाइ हुन समय लाग्यो । केही महिनापछि मात्र संसदीय सुनुवाइ तथा कारबाही प्रारम्भ भएको थियो ।
छिमेकी देश भारतमा हालै त्यहाँ विगत १६ वर्षदेखि सञ्चालित महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी कार्यक्रमको उच्चस्तरीय समीक्षा भइरहेको छ। समीक्षाले कार्यक्रमलाई थप गरिबमुखी बनाउने र यसअन्तर्गत निर्माण गरिने भौतिक पूर्वाधारको गुणस्तर बढाउने विषयलाई जोड दिएको छ। सार्वजनिक न्यूनतम रोजगारमार्फत गरिबी घटाउने, नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्ने र विकास निर्माणलाई टेवा दिने यो कार्यक्रम नेपालमा विगत तीन वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमसँग मेल खान्छ। यस्ता कार्यक्रमको नियमित समीक्षा गरेर सुधार गर्दै जानु जरुरी हुन्छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हालै सम्पन्न भइसकेको छ। विभिन्न शङ्का र उपशङ्का बीच निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु आफैँमा उपलब्धि मान्नुपर्छ। चुनावी मतपरिणाम अन्तिम चरणमा पुगेसँगै राजनीतिक सरगर्मी केही मत्थर भएपछि मुलुकको अर्को महत्वपूर्ण पक्ष आर्थिक क्षेत्रका बारेमा चर्चा हुन थालेको छ। विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय घटनाक्रमले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको तथ्यहरू बाहिर आउन थालेका छन्। विशेषगरी बढ्दो मुद्रास्फीति, अकासिएको ब्याजदर, औद्योगिक गतिविधिमा सुस्तपन र लगानीमा आएको सङ्कुचनले मुलुकमा आर्थिक मन्दी आउन सक्ने भन्दै अर्थविद्हरूले चेतावनी दिन थालेका छन्।
सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरे पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै अटोमोबाइल व्यवसायीले आन्दोलन जारी राखेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अगुवाइमा बिहीबार काठमाडौँको माइतीघरमा अटो व्यवसायीले कालोपट्टी बाँधेर सरकार र नेपाल राष्ट्र बैङ्कविरुद्ध नाराबाजी गरेका थिए । बैङ्कले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्नेलगायत माग राखेका छन् ।
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ । कमलकुमार निर्देशित चलचित्र ‘बाघको बङ्गारा’ प्रिमियरसँगै किम्फ सुरु भएको हो । त्यस्तै प्रकाश झा अभिनीत चलचित्र ‘मट्टो की साइकिल’को विशेष स्क्रिनिङ भएको छ । यस्तै सम्राट खनाल निर्देशित ‘थ्रू द सिङगिङ भिलेजर्स’, जाकुब ग्याजेला निर्देशित ‘डू सर अ क्याराकोरम’, बेन टिबेट्स र जोक होल्यान्ड निर्देशित ‘ट्राभर्स’, ग्युलरमो डे ओलिभेरा निर्देशित ‘सौरडग्स’ र एन्टोनी लिचेट निर्देशित चलचित्र ‘बल्ड फर हर्सेस’ प्रदर्शन भएका थिए । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपाङ्गता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ ।
लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।
जनसङ्ख्याको हिसाबले ब्राजिल र क्रोएसियाबीच तुलना नै छैन। ब्राजिलको जनसङ्ख्या २० करोड छ भने क्रोएसियाको मात्र ४० लाख। हुन पनि क्रोएसिया यस विश्वकपमा चयन भएको सबैभन्दा कम जनसङ्ख्या भएको राष्ट्रमध्ये एक हो तर विश्व फुटबलमा क्रोएसियाको हैसियत वर्षौंदखि उच्च स्थानमा छ। स्वतन्त्र राष्ट्र भएर सन् १९९८ मा पहिलो पटक खेलेको विश्वकपमा नै क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। रुसमा भएका पछिल्लो विश्कपमा त क्रोएसियाले फाइनल नै खेल्यो। त्यसैले शुक्रबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिलविरुद्ध खेल्दा क्रोसियाको आत्मविश्वास धरमराउने छैन। प्रशिक्षक ज्लाट्को डालिच भन्नुहुन्छ, “क्रोएसियालाई कहिल्यै कम नआँक्नु। हामी सानो राष्ट्र हौँ तर हामी साहसी र विश्वासिलो छौँ। हामी जहिल्यै आफ्नो पूर्ण क्षमतामा काम गर्छौं। विशेषतः क्रोएसियाको यो पुस्ताका फुटबल खेलाडीमा यो गुण भरपुर छ।”
विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गरेर गोल्डेन बुट जित्ने खेलाडीको पनि ठूलो चर्चा हुने गर्छ। कतार विश्वकपमा पनि गोल्डेन बुट जित्ने खेलाडीको धमिलो तस्बिर बिस्तारै सफा हुँदै छ। विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान् स्ट्राइकरले गोल्डेन बुट जितेको पाइन्छ। सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलो पटक प्रस्तुत गरिएको हो। यद्यपि सोभन्दा अघिका विश्वकपमा पनि सम्मान गर्ने परम्परा थियो।
अहिले किसानलाई धान थन्क्याउने चटारो छ । दशैँतिहारदेखि नै ठाउँठाउँमा पाक्न थालेको धान मङ्सिर महिनासम्ममा आइपुग्दा किसानलाई धान थन्क्याउन भ्याइनभ्याइ भएको हो । यो वर्ष पर्याप्त वर्षा भएको र प्राकृतिक प्रकोपले धेरै क्षति नगरेका कारण राम्रो उत्पादन भएको छ । विभिन्न क्षेत्रको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढेको छ ।
दक्षिण कोरियाले गैरकानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्नेगरी नयाँ अवसर ल्याएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार दक्षिण कोरियामा गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिकलाई असोज २१ गतेदेखि स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो ।
राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।
भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो।
राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा बिहीबार जित हात पार्नुभएको छ ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित प्रतियोगितामा बिहीबार भुवनले एक अन्डर ६७ स्कोर खेल्नुभयो ।