आवत–जावतमा समस्या हुनेगरी फुटपाथ अतिक्रमण भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अतिक्रमण गर्नेलाई हटाउन सुरु गरेको छ । सडक फुटपाथ अतिक्रमण बढेको र यसले सर्वसाधारणलाई आवत–जावतमा समस्या पर्नुका साथै सहरको सौन्दर्यता समेत धुमिल बनाएकाले हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभएको छ ।
नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिनुभयो ।
रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।
भाइबहिनी हो तिमीहरूलाई अनुशासन भनेको के हो ? थाहा छ, धेरैलाई त थाहा छ होला है । आज हामी यही अनुशासनका बारेमा केही जानकारी हासिल गर्ने छौंँ । भाइबहिनी हो अनुशासन भनेको जे गर्नुपर्ने हो त्यो गर्नु र जे नगर्नुपर्ने त्यो नगर्नु हो । मानवजीवनका लागि गाँस, बास र कपासको जति आवश्यकता पर्दछ त्यति नै जीवनलाई सही मार्गमा डो¥याउनका लागि अनुशासनको पनि थप आवश्यकता पर्दछ । जन्मेदेखि नमरुञ्जेलसम्म सबैको जीवनमा अनुशासनले गहन भूमिका खेलेको हुन्छ ।
एउटा ठूलो राज्य थियो मुगल । त्यहाँका जनता खुसीसाथ रहन्थे । त्यस राज्यका राजा निकै नै दयालु र असल स्वभावका थिए । उनी आफ्ना जनतालाई निकै नै माया गर्थे । राज्य चलाउन सहयोगका लागि उनले मन्त्री चयन गर्ने विचार गरे । उनले महिम नामको एक असल मान्छेलाई मन्त्री छाने । असल मानिस मन्त्री छानिएको कुरा सुनेर जनता देशमा केही परिवर्तन हुन्छ कि भन्ने कुरा ठान्थे । दिनहरू बित्दै गए महिम मन्त्री बनेपछि पहिलो २४ महिना राम्रा काम गरे । विस्तारै मन्त्रीको मनमा लोभ लाग्न थाल्यो ।
रुँदै रुँदै यस धर्तीमा टेक्यौ आफ्नो पाइला दुष्ट पापी धन्दा गरे बस्छ जीवनमा मैला
मेलम्चीको पानी वितरण सुरु भएको छ । तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार विहानदेखि पानी वितरण सुरु भएको हो ।
दिनदिनै म विद्यालय गएर पढेको जस्तै, दिनदिनै मेरी ममीले विद्यालयमा गएर पढाएको जस्तै मेरा बाबा पनि दिनदिनै कार्यालय जानुहुन्छ । म त विद्यालय गएर पढ्छु तर बाबाचाहिँ कार्यालय गएर के के गर्नुहुन्छ होला ? कार्यालय किन जानुहुन्छ होला भन्ने प्रश्न मेरो मनमा बसिरहन्थ्यो । एकदिन त मलाई पनि बाबाको कार्यालयमा जाउँ जाउँ लाग्यो । मेरो विद्यालयमा छुट्टी थियो । मैले बाबा र ममीलाई नै आपूm बाबाको कार्यालयमा जान चाहेको कुरा भनेँ । यस कुरामा बाबा र ममी नै सहमत हुनुभयो तर अब भने मलाई डर पो लाग्न लाग्यो । ‘बाबाको कार्यालयमा के पो होला ? गएर के गर्ने होला ? को कोसँग भेट हुने होला’ यस्तो पो मनमा खेल्न लाग्यो । बाबासँगै बाबाको कार्यालयमा काम गर्ने अङ्कलहरूसँग त कहिलेकाहीँ मैले भेटेको थिएँ । उहाँहरूसँग थोरै थोरै कुरा पनि गरेको
स्वतन्त्र थियौँ र छौँ हामी एकताबद्ध भई बाँच्न सिकेका छौँ । नेपालमा जन्मियौँ हामी नेपाली भनेर चिनियौँ ।